Home बिबिध चलचित्र “नैना” हेर्न दर्शकको भिड

चलचित्र “नैना” हेर्न दर्शकको भिड

469
0

गुरुङ संस्कृतिमा आधारित चलचित्र नैन को काठमाडौँमा दोस्रो पटक प्रदर्शन गरिएको छ। गोर्खा पाँचकोट समाज काठमाडौँको आयोजनामा सम्मान यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा तमु ह्युला छोंज धी गुरुङ राष्ट्रिय परिषदका पूर्व अधक्ष्य रेशम गुरुङ लगायत गुरुङ समाजका अग्रज व्यक्तित्व, ब्यबसायी, भद्रभलादमी र थुप्रै कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो। समाजमा हुने धनी र गरिब वर्ग बीचको द्वन्द र त्यसमा चेपुवामा परेका महिला पात्रको कथा बोकेको चलचित्र नैना गत साल युके र नेपालका विभिन्न सहरहरुमा प्रदर्शन गरिएको थियो। पछिल्लो समय दर्शकको मागलाई मध्यनजर गर्दै गोर्खा पाँचकोट समाज सँग सहकार्य गरि पुन प्रदर्शन गरिएको निर्माण पक्षले बताएका छन्।

पश्चिमञ्चल संस्कृतिक केन्द्रको प्रस्तुति रहेको चलचित्र नैनामा कलाकारहरु लक्ष्मी गुरुङ, सुरज तमु र आनन्द गुरुङको मुख्य भूमिका रहेको छ। चलचित्रमा अन्य कलाकारहरु टेकमान गुरुङ, सुकमान गुरुङ, अलिना गुरुङ, आइतराम गुरुङ, हरिमाया गुरुङ लगायतको पनि उत्कृस्ट अभिनय रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । शम्भु चालिसेको छायाँकन, मेक बहादुर थापाको सम्पादन रहेको यस चलचित्रलाई जनक गुरुङले लेखन र दिप गुरुङले निर्देशन गरेका हुन्। मौलिक कौडा/चुड्का तथा सालैजो गीति भिडियो निर्माणमा प्रख्यात निर्देशक दिप गुरुङ द्वारा निर्देशित पहिलो फिल्म हो नैना।