Home गीत/संगीत माैलिक काैडा गित “हितकारि”माया

माैलिक काैडा गित “हितकारि”माया

1563
0

नेपाली माैलिक काैडा गितकाे भिडियो “हितकारी मायाँँ” बिधिबत रुपमा सार्वजनिक गरिए लगात्तै, दर्शकहरुको सकारत्मक प्रतिक्रिया सँगै युट्युबमा भिउज पनि दिनप्रतिदिन बढिरहेको छ। यस गीतिमा गायक आर के गुरुङ र मेलिना राईको आवाज, प्रेम गुरुङ र सन्ध्या गुरुङको अभिनय, रबिन थापा मगरको छायाँकन, मनाङ्ग गुरुङको नृत्य निर्देशन र भुपेन्द्र गुरुङको निर्देशन रहेको छ। दर्जनौँ नेपाली तथा गुरुङ भाषामा गितहरु सिर्जना गरिसक्नु भएका शर्जक प्रेम गुरुङले यस गीतमा पनि सुन्दर शब्दहरु कोर्नु भएको छ।

नेपालकाे लम्जुङ जिल्लालाई चिनाउने, आफ्नौ छुट्टै बिशेषता र सुन्दरता रहेको पुरनकाेट गाउँमा छायांकन गरिएको यस गीतमा गुरुङ संस्कार संस्कृती, रितिरिवाज, भाषा, भेषभुषा, परम्परा संगै समुदायमा चलिआएको सोल्टी सोल्टीना बिच हुने हाँसो ढट्टा, माया पिरतिकाे झलकहरू निकै सुन्दरताका साथ देखाइएको छ । संगितमा मिठास, दृश्यमा राेचक र मर्मिक शब्दको चयनले मनमा प्रेमत्व आभाष महसुस गराई दर्शकलाई भरपुर मनोरंजन दिने हितकारी मायाको भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युब च्यानल मार्फत हेर्न सक्नु हुनेछ।

कौडा गीत हितकारी माया कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त