Home चलचित्र चलचित्र ‘मलाय क्रमु’ को छायाङ्कन सम्पन्न

चलचित्र ‘मलाय क्रमु’ को छायाङ्कन सम्पन्न

254
0

बेसीसहर। गुरुङ समुदाय तथा संस्कृतिमा आधारित पारिवारिक हास्य तथा भावनात्मक चलचित्र ‘मलाय क्रमु’ को छायाङ्कन सम्पन्न भएको छ। असोज ७ गते लमजुङको बेसीसहरबाट सुरु शुभमुर्त गर्दै लमजुङ्ग घनपोखरा र भुजुङ छायाँकन गर्दै पुनः बेसीसहर फर्किएर सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रको गीत छायाँकनको लागि निर्माण टोली मनाङ्ग जाने योजना बाढीका कारण बाटो अबरुद्ध भए पछि मनाङ्ग जाने निर्णय रद्द भएको हो। 

पिटर गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रका निर्माता खेमेन्द्र गुरुङ हुन्। चलचित्रले गुरुङ समुदायमा हजुर बाबा आमाहरुले आफ्नो सन्तानलाई आसिर्बाद दिँदा प्रचलित भनाइ “छोराछोरीको इच्छा बाबा–आमाले पूरा गर्छन्, बाबा–आमाको इच्छा छोरा छोरीले पुर्‍याउँछ” भन्ने मान्यतामार्फत अभिभावकका अधुरा सपना, सन्तानप्रतिको अपेक्षा र पुस्ताबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरेको छ।

पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र अभिभावकका इच्छाले सन्तानको जीवनमा पार्ने प्रभावलाई हास्य तथा भावनात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै पारिवारिक सम्बन्धबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

चलचित्रमा विष्णुहरि तिमल्सिनाको छायाङ्कन, जलन गुरुङको लोकेसन साउण्ड रेकर्डिङ, तोसित घतानेको मुख्य सहायक निर्देशन, उदित गेलालको सहायक निर्देशन, राजकुमार गुरुङको मेकअप तथा श्याम र रुपेश गुरुङको ग्याफरमा योगदान रहेको छ।

चलचित्रमा मनोज गुरुङ, मनिका गुरुङ, धनकुमारी गुरुङ (काशी), मन्जु गुरुङ, गजेन्द्र गुरुङ, खेम जंग गुरुङ, रेशम गुरुङ, प्रतीक जंग तामाङ, बुद्धि माया गुरुङ, आयुष गुरुङ र समिर गुरुङ, मुक्त जंग गुरुङ, कामना तामाङ्ग, देबी काशी गुरुङ, लिल काशी गुरुङ, लेख काशी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ।

 

 

 

 

 

 

 

छायाँकनको क्रममा बिबिध क्षेत्रबाट चलचित्र निर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने बेसीसहर र घनपोखराका स्थानीय व्यक्ति तथा समुदायप्रति निर्माण टोलि सधै कृतज्ञ रहेको निर्माता खेमेन्द्र गुरुङले बताउनु भएको छ।  

No photo description available.

चलचित्रमा गीत संगीतको पाटोमा पनि बिशेष ध्यान दिएको निर्माण टोलीले बताएको छ। चर्चित संगीतकार तथा गायक आर के गुरुङको कौडा गीत र लोक गीत पनि समावेश गरिएको छ। कौडा गीत “झलल मलाया क्रमुरी” मा आर के गुरुङ र अनु चौधरीले आवाज दिएका छन् भने लोक गीत “डाँडा पारि डाँडा वारी” आर गुरुङ संगै उषा गुरुङको आवाज रहेको छ। त्यस्तै गरि “मुर्बे लय” बोलको गुरुङ गीतमा साजन गुरुङको शब्द संगीत, उषा गुरुङ र इच्छा गुरुङको आवाज रहेको छ।

May be an image of one or more people and textनिर्माण पक्षका अनुसार चलचित्रको प्रिमियर आगामी मङ्सिरको अन्तिमतिर लमजुङको बेसीसहरमा गरिनेछ। गुरुङ समुदाय, संस्कृति र पारिवारिक कथालाई समेटेको ‘मलाय क्रमु’ ले गुरुङ समुदायसँगै व्यापक नेपाली दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा रहेको छ।