Home चलचित्र चलचित्र नैना को भी आइ पी शो हाउस फुल

चलचित्र नैना को भी आइ पी शो हाउस फुल

3847
0

दिप गुरुङ निर्देशित चलचित्र नैना को काठमाडौँ स्थित इन्फिनिटी मुबिजमा भी आइ पी शो गरिएको छ। कोके समाज काठमाडौँको आयोजना सम्पन्न यस भी आइ शो मा फिल्म हेर्न आएका दर्शकले २०० क्षमताको हल सबै भरिएको थियो। फिल्म हेरी सके पछि निस्केका दर्शकलाई बेलुकीको खानाको पनि व्यवस्था आयोजकले गरेका थिए। दर्शकहरु संग प्रतिक्रिया लिने क्रममा कतिपय दर्शकहरुले २ पटक सम्म फिल्म हेरेको र भरपुर मनोरन्जन लिएको बताएका थिए। केहि दर्शकहरुले नायिका लक्ष्मी गुरुङ र नायक आनन्द गुरुङ को जोडी एकदम सुहाएको र नैना २ निर्माण गर्न पनि अनुरोध गरेका थिए। कथाको अन्तिममा नयाँ कथाको उठान गर्न सकिने ठाउँहरु पनि रहेको र दर्शकको नैना २ हेर्न देखाएको इच्छालाई पनि छिट्टै सम्बोधन गर्ने निर्माण पक्षले बताएको छ।

चलचित्र नैनामा कलाकारहरु लक्ष्मी गुरुङ, आनन्द गुरुङ, सुरज तमु, टेक गुरुङ, सुकमान गुरुङ, अलिना गुरुङ, हरिमाया गुरुङ, आइतराम गुरुङ लगायतको अभिनय रहेको छ। फिल्ममा जनक गुरुङको लेखन, मधुर बस्नेतको छायाँकन, मेख थापा मगरको सम्पादन र दिप गुरुङको डेब्यु निर्देशन रहेको छ। चलचित्र नैना कस्तो लाग्यो हेरी सक्नु भएको छ भने, आफ्नो प्रतिक्रिया दिनु होला, हेर्नु भएको छैन भने दिप गुरुङ अफिसियल य़ुट्युब चयानल बाट फिल्म छिट्टै रिलिज गर्ने तयारी पनि भइरहेकोले त्यहाँ बाट पनि हेर्न सक्नु हुनेछ प्रतिक्षा गर्नुहोला।