Home चलचित्र चलचित्र रिपाको दमौली शो हाउस फुल

चलचित्र रिपाको दमौली शो हाउस फुल

485
0

गुरुङ चलचित्रको पहिलो नायक/निर्देशक प्रितम गुरुङ को ४९ औँ फिल्म रिपाको दमौली सो हाउसफुल भएको छ। यु के र काठमाडौँको प्रदर्शन पश्चात नेपाल तमु (गुरुङ) बिद्यार्थी छोज धि तनहुँको आयोजनामा दमौलीको अपेक्स मलमा फिल्म रिपाको प्रदर्शन गरिएको हो। फिल्मका कलाकारहरु आनन्द गुरुङ, सिमा गुरुङ, आशिष गुरुङ, सन्तोषी गुरुङ, रेशम गुरुङ संगै लेखक/निर्देशक प्रितम गुरुङ पनि दर्शकहरु सँगै बसेर फिल्म हेरेका थिए। रोमान्टिक लव स्टोरी रिपामा प्रितम गुरुङको वास्तविक घटना संगै गुरुङ समुदायमा रिपाको अर्थ र महत्वलाई पनि प्रस्ट पारिएको छ। अब दमौली पश्चात पोखरा हुँदै अमेरिकामा पनि फिल्म प्रदर्शन गराउने तयारीमा रहेको निर्देशक प्रितम गुरुङले बताउनु भयो।