नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संघ केन्द्रिय समिति द्धारा एक औपचारिक कार्यक्रमको आयोजना गरि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनलाई रु ४,२१,२६० रकम हस्तान्तान्रण गरिएको छ । त्यसै कार्यक्रममा उपस्थित द भ्वोईस अफ नेपालका First Runner Up तारा श्रीष मगरले भ्वोईस पछि रेकर्डिङ बापत कमाएको पहिलो कमाई रु २०,००० राष्ट्रिय आविष्कार केन्द्रलाई दान गरेकी छिन् । आफनै मगर दाजुभाई दिदि बहिनीहरु बाट यसरी सहयोग गर्दा हर्षित महाविर पुन लाई अझै हौसला पुगेको बताउनु भयो । देश विदेश बाट संकलित रकमको उपयोग कसरी भईरहेको छ, कहाँ कहाँ लगानी भईरहेको छ र कस्ता किसिमका आविष्कारहरु हुँदै छ भन्ने विषयमा आफनो मन्तव्यको क्रममा जानकारी दिनु भयो ।
पुरा भिडियो


















