दोस्रो नेपाल इन्टरनेशनल थिएटर फेस्टिभल (NITFest) 2022 मा सुश्री शबाना आजमीको विशेष अतिथिको हुने भएको छ । सुश्री आजमीले 25 नोभेम्बर 2022 मा मण्डला थिएटर, थापागाउँको प्रांगणमा NITFest 2022 को भव्य उद्घाटनमा उपस्थित हुने पुष्टि गरिएको छ। यसका साथै मण्डला थिएटर हलमा मंसिर २६ गते साँझ ७ः३० बजे मास्टरक्लास पनि दिने फेस्टिभल आयोजक ले जानकारी दिएको छ।

भारतको सबैभन्दा प्रशंसित अभिनेत्रीहरू मध्ये एक, शबाना आजमी विभिन्न विधाहरूमा विशिष्ट हुनुहुन्छ। प्रायः अपरंपरागत महिला पात्रहरूको चित्रणका लागि परिचित, उनले उत्कृष्ट अभिनेत्रीको लागि पाँचवटा राष्ट्रिय चलचित्र पुरस्कार जितिसकेकी छिन्, पाँचवटा फिल्मफेयर अवार्डहरू र अन्य सम्मानहरूका साथै थुप्रै अन्तर्राष्ट्रिय सम्मानहरू पनि जितेकी छिन। 1998 मा, उनलाई भारत सरकारले पद्मश्री, देशको चौथो-उच्च नागरिक सम्मान, र 2012 मा, उनलाई तेस्रो-सर्वोच्च नागरिक सम्मान, पद्म भूषणबाट सम्मानित गरिएको थियो । नाटककार, कलाकार, बिधार्थी, सरोकारवालाहरु लगायत आम नाटक प्रेमी दर्शक माहानुभावहरुलाई स्वदेशी तथा बिदेशी नाटकहरुको स्वाद लिन मंगसिर १ देखि १७ गते सम्म हुन लागिरहेको दोस्रो नेपाल इन्टरनेशनल थिएटर फेस्टिभल (NITFest) 2022 छुट्ला है ?



















