मिति : २०७९ कार्तिक २७ गते काठमाडौँ
पछिल्लो समय धमाधम नयाँ नेपाली चलचित्रको ट्रेलर रिलिज भैरहेको छ। कबडी ४, दुइ नुम्बरी, प्रेम गीत ३, के घर के डेरा, महापुरुष जस्ता चलचित्रहरुले राम्रै ब्यापार गरिरहेको अवस्थामा लक् डाउनका बेला निर्माण भएका चलचित्र प्रदर्शनका लागि लाइन लागेका छन्। यसै सन्दर्भमा Survival Genre मा आधारिक चलचित्र पासो ( Unbroken Struggle to Live) को ट्रेलर सार्बजनिक गरिएको छ। बिस्वज्योती सिनेप्लेक्समा पत्रकार समेलन को आयोजना गरिएको यस कार्यक्रममा मुख्य भूमिकामा रहेकी कलाकार दोय रिस्त बस्नेत र सुनिशा बजगाईं को पनि उपस्थिति रहेको थियो। ट्रेलर सार्बजनिक कार्यक्रममा बोल्दै कलाकार रिस्ता बस्नेतले यस चलचित्र नेपालमा बन्ने अरु फिल्म भन्दा फरक जनरामा बनेको र यसले दर्शकलाई सिनेमा हेर्दा फरक स्वाद दिलाउने बताउनु भयो । कोभिड १९ को माहामारीका बेला छायाँकन गरिरहँदा कलाकार तथा प्राबिधिक सबैलाई कोभिड संक्रमण भएपछि केहि समय शुटिंग स्थगित गर्नु परेको निर्माण पक्ष बताउने भयो।

BR Entertainment Pvt.Ltd प्रस्तुति रहेको यस चलचित्रमा उत्तम हुमागाईंको छायांकन र आरबी पूनको लेखन तथा निर्देशन रहेको छ र चलचित्रको निर्माण भने भगवान भुजेलले गर्नु भएको हो। काठमाडौँ भ्याली भित्र रिच इन्टरटेनमेन्ट र भ्याली बाहिर एफडी कम्पनीले वितरण गर्न लागेको यस चलचित्र को प्रदर्शन मिति मंगसिर १६ गते तोकिएको छ। महिला पत्रको मुख्य भूमिका रहेको यस चलचित्रले कस्तो व्यापार गर्ने हो त्यो त समय ले नै बताउला, ट्रेलर कस्तो लाग्यो, कमेन्ट गर्नुहोला।

















