नेपालकै सुन्दर र सम्पन्न सहर मध्य पर्ने धरानमा पानीको चरम अभाव छ भन्ने कुरा र मयेर हर्क साम्पाङ्गको नाम एकै पटक सुन्ने कति नेपाली मध्य म पनि एक हुँ। २०७९ को स्थानीय चुनावमा धराने जनतालाई पानी खुवाउने मुख्य एजेन्डा बोकेर चुनाव जितेका साम्पाङ्गले आफ्नो प्रतिबादाता पुरा गरेका छन्। लगभग ४५ किलोमिटर टाढा बाट कोका खोलाको पानी धरान ल्याई पुराएका साम्पाङ्ग र उहाँको अभियानमा लगेर रातदिन नभनी श्रमदान गर्नु हुने सम्पूर्ण धराने जनताले स्वदेश तथा विदेश बाट स्याबासी पाइरहेका छन्। उहाँको काम प्रति सम्मान र समर्थन जनाउदै नेपाली कलाकारहरुले पनि आ-आफ्नो सामाजिक संजाल मार्फत बधाई दिएका छन् । हेर्नुस क कस्ले के के भने त ?
“हो, यस्ता फोटोले चाहिं आनन्द दिन्छ । ठूला राजनीतिक गफ होइन, विकास मात्रै लक्ष्य” अभिनेता दीपकराज गिरी
“मेयर साप, धरानवासी जनतालाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउन सफल हुनु भो । यस्तै अनेकौं सफलताको शुभकामना छ “ अभिनेत्री करिश्मा मानन्धर
अभिनेता निर्देशक आसिफ शाहले सलाम छ भन्दै तस्वीर सेयर गरेका छन् ।
“ठूला-ठूला गफ मात्रै दिनेहरुको भीडमा एउटा काम गरेर प्रमाणित गर्ने असल अनुहार यही देशमा देख्न पाइयो । सलाम छ तपाईंलाई” फिल्म निर्माता सरोज न्यौपाने
“अँध्यारोको एउटा जुनकिरी हर्क साम्पाङ । आफ्नो लक्ष्यप्रतिको निरन्तर लगन, जिद्दी र मेहनतले कसरी एउटा जनप्रतिनिधि ‘लिडर’ बन्छ भन्ने उदाहरण हर्कले स्थापित गरेका छन् । हर्कले धरानमा पानी ल्याएजस्तै एक-एकवटा काम र सुधारको अभियान (रित्तो गफ मात्रै होइन) ७५३ वटै पालिका प्रमुखले थाल्ने हो भने कसो होला ?” फिल्म लेखक यज्ञश


















