Home बिबिध नेपालमा पहिलो पटक कौडा/चुड्का नृत्य प्रतियोगिता हुँदै

नेपालमा पहिलो पटक कौडा/चुड्का नृत्य प्रतियोगिता हुँदै

649
0

मौलिक कला सस्कृति सम्बर्द्धन एबम प्रबर्द्धन, कौराह/चुट्का जोगाउने हाम्रो अभियान भन्ने मूल नारा सहित नेपालमै पहिलो पटक खुल्ला कौडा/चुड्का नृत्य प्रतियोगिता हुने भएको छ। दिप फिल्मस् प्रडक्सन मुख्य आयोजक र हाम्रो रोधीघर सह आयोजक रहने यस प्रतियोगिताको मिति २०८० असोज १३ मा अडिसन गरि असोज २३ मा ग्रान्ड फिनाले गर्ने योजना तय भएको छ। गुरुङ र मगर गाउँहरुमा सिमित रहेको मौलिक कौडा/चुड्का नाच लाई यस्तो किसिमको प्रतियोगिताहरुले राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा परिचित गराउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष दिप गुरुङले बताउनु भयो। दिप गुरुङ पछिल्लो समय मौलिक कौडा/चुड्का भिडियो निर्माणमा अत्यन्त ब्यस्त निर्देशक हुन्। उहाँले निर्देशन गर्नु भएका “माइली”, “गलबन्दी र पछेउरी”, “झुल्के घाम हेरौँला” जस्ता कौडा गीतहरु अत्यन्त चर्चित छन्।