Home बिबिध तीन हजार भोटे पिपल रोप्दै गायक राजु लामा

तीन हजार भोटे पिपल रोप्दै गायक राजु लामा

489
0
singer raju lama planting trees in lomanthang mustang

ठुलो मात्रामा हुने खनिज पदार्थको उत्खनन, ब्यबसायिक पशुपालन तथा अनाधिकृत बन विनाशले गर्दा जलवायु परिबर्तनको प्रतिकुल असर दिन प्रतिदिन बढ्दै गएको छ। यस बिषयलाई सम्बन्धित निकाय तथा आम जनता बाट समयमै सम्बोधन नभए समस्या थप बिकराल हुँदै जाने निश्चित छ। विभिन्न व्यक्ति, समूह, संघ संस्था, सरकारी तथा गैर सरकारी निकायहरुबाट बेला बेला हुने बृक्षारोपण, जनचेतना मुलक गोष्ठी कार्यक्रमले जनतालाई सुसुचित बनाउने काम पनि भै रहेको छ। यसै सन्दर्भमा गायक राजु लामाको सामाजिक संस्था राजु लामा फाउन्डेसन नेपालले वातावरण संरक्ष्णका लागि सानो प्रयास (Plant Trees, Plant Hope) भन्ने नाराका साथ मुस्ताङको लोमान्थाङमा तीन हजार स्वदेशी बिरुवा पोपुलस सिलियाटा (भोटे पिपल) रोपेको छ ।

यस कार्यक्रमले जलवायु संकट, वृक्षारोपणको महत्व, वायु प्रदुषण विरुद्ध लड्न, वातावरण संरक्षण र जैविक विविधतालाई प्रवर्द्धन गर्दै हरियो लोमान्थाङ बनाउन प्रोत्साहन गर्ने र जनचेतना अभिवृद्धि गर्ने विश्वास लिएको लामा बताउनु हुन्छ। आफ्नो फेसबुक पेज मार्फत जानकारी दिँदै यस परियोजनालाई समर्थन गर्ने, वृक्षारोपण कार्यक्रममा साथ दिनु हुने पेमात्सल गुम्बा परिवार र बिशेष गरि लामा टाशी वाङ्ग्याल र कार्यक्रमको संयोजन गर्नुहुने सम्पूर्ण समुदायलाई धन्यवाद पनि दिनु भएको छ। उहाँको यस कामले अन्य कलाकारहरुलाई पनि यस कार्यमा संलग्न हुन उत्साहित गर्नेछ र जलवायु परिबर्तनको प्रभावलाई कम गर्न यस्तै किसिमका अन्य कार्यक्रमहरु अझ बढ्दै जाने छ भन्ने आशा गरेका छौँ।