१४ मंसिर, काठमाडौं ।
छायांकन सकिएर लामो समय महामारीको कारण प्रदर्शनमा आउन नसकेका चलचित्रहरु आइले धमाधम, प्रदर्शन मिति तय गर्दै छन्। तिनै चलचित्र मध्य “मन्त्र” पनि एक हो। चलचित्रको फर्स्ट लुक सार्बजनिक गर्दै माघ २८ रिलिज गर्ने घोषणा पनि गरेका छन्। उत्तरी गोर्खाको कथा बोकेको यस चलचित्र गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको हो र चलचित्रका वितरक गोविन्द शाही हुन् । ५ हजार १०० मिटरभन्दा माथिको मनास्लु हिमालको बेस क्याम्पमा पुगेर चलचित्रको छायांकन गरिएको यस चलचित्रमा उत्तरी गोर्खाका मनोरम दृश्यहरु हेर्न पाउने छन् ।
यस चलचित्रमा आबद्ध कलाकार तथा प्राबिधिक को विवरण यस प्रकार रहेको छ ।
▶ मुख्य कलाकारहरु
सौगात मल्ल, बुद्धि तामाङ र दिया पुन । अन्य कलाकारमा नमिता घिसिङ, वीरबहादुर लामा र पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ ।
▶कार्यकारी निर्माता
देवेन्द्र मानन्धर
▶ निर्माता
रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ
▶ कथा
साम्तेन भुटिया
▶ संगीत
सन्तोष सुनार
▶ छायांकार
सञ्जय लामा
▶ सम्पादन
मित्र डी गुरुङ
▶ पार्श्व संगीत
सुजिल कर्मचार्य
▶ निर्देशन
खिलबहादुर गुरुङ





















