Home गीत/संगीत तारा श्रीष मगरको VIRAL गित चन्चले बानी सार्बजनिक (भिडियो सहित)

तारा श्रीष मगरको VIRAL गित चन्चले बानी सार्बजनिक (भिडियो सहित)

1014
0

The Voice of Nepal Season 3 मा तारा श्रीष मगर ले प्रस्तुत गरेको गीत चन्चले बानीको रि रेकोर्दिङ्ग गरि तमु ह्युल छोज धी को कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको छ । उमा गुरुङ र प्रेम राजा महत को आवाजमा पहिलो पटक बि स २०४८ मा गीत रेकोर्ड गरिएको थियो। दोश्रो रेकर्ड – बि स २०५१ सालमा नेपाली फिल्म सिमारेखाका लागि गरिएको थियो । आज ३० बर्षपछी तारा श्रीष को आवाजमा पुन रेकोर्ड गरिएको हो। उमा गुरुङ को शब्द/संगीत, दुर्गा गुरुङको संगीत संयोजन र तारा श्रीष मगर र दुर्गा गुरुङको अवाज रहेको छ । कोरस आवाजमा रुबी सिंजाली मगर, प्रेम राना र तेजेन्द्र दुराको रहेको छ। लेकाली रेकोर्दिङ्ग स्थित मान बहादुर बरालको रेकोर्ड र मिक्सिंग रहेको यस गीत को अडियो निर्माण स्थित UK सरु राना गुरुङ ले गर्नु भएको हो । गोर्खाको गाँखु गाउँमा छायांकन गरिएको यस भिडियोमा सिमा गुरुङ र इना गुरुङ को मुख्य भूमिका रहेको छ भने सन्तोषी गुरुङको नृत्य निर्देशन, खेम थापा मगरको छायांकन अनि मेख बहादुर थापा ले सम्पादन गरेका हुन् र निर्देशन गर्नु भएको छ प्रितम गुरुङ ले । Rodhi Digital Official YouTube Channel बाट सार्बजनिक यस भिडियोको बिमोचन कार्यक्रम को अवसरमा यस RODHI DIGITAL का संचालक, चलचित्र निर्देशक प्रितम गुरुङ को जन्म दिन पनि मनाएका थिए ।