ग्लोबल नेपाल इन्टरटेन्टमेन्ट को प्रस्तुति प्रेम गुरुङ को लेखनमा निर्माण भएको मौलिक सालैजो गीत, पोखराको हिमाली समाज स्थित भब्य कार्यक्रमको बीच औपचारिक बिमोचन गरियो । लमजुङको क्व्होलासोंथर गाउँपालिका ७, भोंजेमा छायांकन गरिएको यस गीत निर्माणका लागि, भोजे गाउँका स्थानीय बासिन्दा लगायत देश विदेशमा बस्नु हुने व्यक्तिहरु र भौतिक तथा आर्थिक सहायोग रहेको छ। आशा गुरुङ र मनोजकुमार श्रेष्ठको निर्माता रहेको यस गीत लाइ ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युब च्यानल बटा सार्बजनिक गरिएको छ । अमेरिका निवासी प्रेम गुरुङकै शब्दको उक्त गीतलाई आरके गुरुङले संगीत रहेको उक्त गीतलाई तेजेन्द्र गुरुङले एरेन्ज गर्नुभएको छ । तेजेन्द्र गुरुङ र शर्मिला गुरुङको आवाज रहेको उक्त गीतको भिडियोमा विश्वआत्मा (सिसिमन) गुरुङ, उर्मिला गुरुङ, भुपेन्द्र गुरुङ, अश्मिना गुरुङ, आशराम गुरुङ, उमा गुरुङ, सीता गुरुङ, प्रतिमा गुरुङल गायतको अभियन छ । भुपेन्द्र गुरुङको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई पिटर गुरुङले छायांकन गर्नुभएको हो । अभि राइले ड्रोनबाट खिच्नुभएको छ । मनाङ गुरुङले नृत्य निर्देशन गरेको उक्त भिडियोलाई बन्दे प्रसादले सम्पादन गर्नुभएको छ । भिडियोलाई समीर मियाले कलर भर्नुभएको छ । मोशन स्टुडियोमा पोष्ट प्रोडक्सन गरिएको उक्त भिडियोको मुख्य सहायक निर्देशनमा चक्र पुलामी मगर र उमेश थापा रहनुभएको छ । उक्त भिडियोको क्यामरा सहायकमा भरत गुरुङ, मेकअपमा जिन्सन खत्री साथै प्रोडक्सन म्यानेजरमा आशराम गुरुङ गुरुङ रहनुभएको छ । उक्त भिडियो निर्माण को क्रममा स्थानीय मदन गुरुङ र प्रतिमा गुरुङको संयोजन गरेका थिए । उक्त म्युजिक भिडियो आशा गुरुङ, मनोजकुमार श्रेष्ठ साथै भोंजे गाउँका चेलिबेटीले निर्माण गरेको हो । सोल्टिनी सालैजो गीतको कार्तिक २९ देखि मंसिर २ गतेसम्म भोंजे गाउँमा छायांकन गरिएको थियो ।
बिमोचन कार्यक्रममा भिडियोमा आबद्ध कलाकार सहित गुरुङ गीत संगीत तथा चलचित्र क्षेत्रमा आबद्ध कलाकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो। हिमाली सेवा समाज पोखराका अधक्ष श्री पर्त घले को प्रमुख अतिथ्यामा आयोजित यस कार्य्रक्रममा बिशेष अतिथिका रुपमा गुरुङ फिल्म असोसियासन पोखरा (GFAN) का अधक्ष भोज बहादुर गुरुङ, नायक/निर्माता राजेश गुरुङ, कलाकार तथा गण्डकी प्रज्ञा प्रतिस्थान पोखराका सदस्य गजेन्द्र गुरुङ, नायक मनोज गुरुङ, नायिका अनुता गुरुङ, गायिका उषा गुरुङ लगयतका पनि उपस्थिति रहेको थियो।

























