Home बिबिध तारा श्रीष मगर जिताऔँ अभियानको पत्रकार भेटगाट

तारा श्रीष मगर जिताऔँ अभियानको पत्रकार भेटगाट

600
0


द भ्वोईस अफ नेपाल सिजन ३ मा पहिलो महिला फाईनलिष्ट भएर ईतिहास रचेकी मगर्नी चेली तारा श्रीष मगरलाई जिताउन एक पत्रकार भेटगाटको आयोजना गरिएको छ । अभियान समितिका संयोजक थम प्रकाश पुन, चर्चित लोक दोहोरी गायक राम्जी खाण्ड सँगै तारा श्रीषका आफनै दिदि परि श्रीषको पनि उपस्थिति रहेको थियो । तारा श्रीष मगरलाई जिताउनका लागी देश विदेश बाट मगर तथा गैर मगरको राम्रो साथ सहायोग मिलेको र उपाधी जित्ने पुरा विश्वास रहेको संयोजक थम प्रकाश पुनले बताउनु भयो । मगर समुदायको प्रतिनिध्त्व गर्दै राष्ट्रियस्तरको रियाल्टी सो द भ्वोईस अफ नेपालमा उत्कृष्ट ४ मा पर्न सफल तारा श्रीष मगरलाई बिशेष बधाई ज्ञापन गर्दै, चारै जान प्रतिस्पर्धी आँफैमा उत्कृष्ट र उपाधी दावेदार भए पनि किरन गजमेर ताराको बलियो प्रतिस्पर्धी रहने कार्यक्रम सञ्चालक भिम श्रेष्ठ ले बताउनु भयो । टिम राजु लामाको प्रतिनिध्त्व गर्दै के तारा श्रीष मगरले उपाधी जित्लान भन्ने चैँ हेर्न बाँकी नै छ ।