यदि एक अर्का बीच ठुलै असमझदारी छ, सँगै मिलेर बस्न सकिंदैन भने त्यसको अन्तिम विकल्प भनेको सम्बन्ध बिच्छेद नै हो। तर हाम्रो नेपाली समाजमा भने सामाजिक मूल्य र मान्यताका कारण बिबाह भइसके पछि फेरी अलग्गिनु अनि स्वतन्त्र जीवन जिउन एक हद सम्म असहज हुने गर्दछ। तथापि चाहेर वा नचाहेरै पनि हिजो आज विभिन्न कारणले दैनिक सयौको संख्यामा सम्बन्ध बिच्छेदका घटनाहरु सामाजिक संजाल मार्फत बाहिर आइरहेका छन् ।

यहि शिलशिलामा सम्बन्ध बिच्छेद सुखमय पनि हुन सक्छ भन्ने बिषयबस्तुमा आधारित बिम्लेश अधिकारीको लेखन/निर्देशनमा चलचित्र ह्यापी डिभोर्स निर्माण हुने भएको छ। लगभग ३०० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ्ग गरिसकेका बिम्लेशको निर्देशनमा बन्न लागेको यो पहिलो चलचित्र हो। अधिकारीका अनुसार फिल्म २०२४ को पहिलो महिना बाट सुटिङ्गमा जाने बताएका छन्। फिल्ममा केकी अधिकारी, रिमा विश्वकर्मा र स्वयम् बिम्लेश अधिकारीको मुख्य भूमिका रहने छ। फिल्ममा काम गर्ने अन्य कलाकार तथा प्राविधकको जानकारी भने दिइएको छैन। गीति भिडियोको बिमोचन मार्फत फिल्मको संक्षिप्त कथा प्रस्तुत गरेको यो फिल्म बिल्कुलै नयाँ शैलीमा निर्माण हुने घोषणा गरिएको थियो। ह्यापी डिभोर्स मार्फत बिम्लेश अधिकारीले नेपाली दर्शकको लागि फरक स्वादको चलचित्र पस्किने छन् भन्ने हामी आशा गर्दछौँ । गीति भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।


















