Home गीत/संगीत धिरेन शाक्यको पहिलो कौडा गीत (भिडियो)

धिरेन शाक्यको पहिलो कौडा गीत (भिडियो)

1244
0

पछिल्लो समय नेपाली लोक संगीतको बजारमा कौडा गीतहरुको बर्चस्व बढ्दै गइरहेको छ। सिमित लगानीमा निर्माण गरि निश्चित समुदायको संस्कृति बोक्ने यस्ता गीतहरुले पनि हिजो आज YouTube मा लाखौँ दर्शकहरुको साथ पाएको देख्न सकिन्छ । त्यसैले होला आजकल राष्ट्रिय स्तरको कलाकारहरुले पनि कौडा गीतहरुमा अभिनय गर्न थालेका छन्। नेपाली चलचित्रका नायक धिरेन शाक्य सँगै आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनयमा नयाँ कौडा गीत “गैरी गाउँकी साइली” रिलिज भएको छ। धिरेन शाक्य सँगै धेरै आधुनिक/लोक गीतहरुमा अभिनय गरेर दर्शक रुवाएका कलाकार द्वोय जुना गुरुङ र रिना गुरुङको पनि “गैरी गाउँकी साइली” पहिलो कौडा गीत हो।

शिव हमालको शब्द, तारा श्रीष मगरको आवाज र बिमल परियारको लय/संगीत र आवाज यस गीतलाई दिवान किनारले संगीत संयोजन गरेका हुन् । अवकाश प्राप्त ब्रिटिश गुर्खा आर्मीको कथा प्रस्तुत गरिएको भिडियोमा शम्भु चालिसेको छायाँकन, विष्णुहरि तिमल्सिनाको सम्पादन, आशिष गुरुङको नृत्य निर्देशन र दिप गुरुङको निर्देशन रहेको छ। पर्यटकीय गाउँ घान्द्रुकको रमणीय दृश्य समावेश गरिएको भिडियो निर्माणको क्रममा भौगोलिक कठिनाई र महँगीका कारण लगानी चर्को भएको निर्माण पक्षले बताएको छ। जस्तोतासो भिडियो हेर्दा गरेका सबै दुख पीडाहरु बिर्साइदिने खालको बनेको र दर्शकले रुचाईदिने छन् भन्नेमा निर्देशक दिप गुरुङ आशावादी देखिन्छ । तपाइले भिडियो हेरीसक्नु भएको छ भने कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त ।

कलाकार आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङ सँगको कुराकानी