Home गीत/संगीत जोडी मिल्ने दौँतरी सोल्टीको खोजीमा मिरुना मगर (भिडियो)

जोडी मिल्ने दौँतरी सोल्टीको खोजीमा मिरुना मगर (भिडियो)

706
0

पछिल्लो समय आधुनिक गीतहरु भन्दा मौलिक लोक संगीतहरु नेपाली दर्शक श्रोतहरुले धेरै मन पराईरहेका छन्। निश्चित समुदायमा प्रचलित कौडा/चुड्का, सालैजो, सेलो गीतहरुले राष्ट्रिय स्तरमा दर्शकहरुको माया पाएको छ। त्यसैले होला आजकल यस्ता गीत संगीतहरु प्रशस्त निर्माण भैरहेको छन्। यसै माहोलमा पुनम गुरुङको एकल अवाज रहेको कौडा गीत “सोल्टी राजा” [Kauda Song Solti Raja] सार्बजनिक भए लगतै YouTube मा Views दिन प्रतिदिन बढिरहेको छ।

मिन गुरुङको शब्द/संगीत रहेको यस गीतमा अहिलेका निकै व्यस्त नायिका मिरुना मगर र मिन गुरुङ्गको मुख्य अभिनय रहेको छ। नेपाली चलचित्रमा ब्यस्त प्राबिधिकको समुहले काम गरेको यस गीतमा हरि घले लामाको छायाँकन, बन्दे प्रसादको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन गर्नुभएको हो। मनाङ्ग गुरुङको कोरियोग्राफी र भुपेन्द्र गुरुङको कथा/निर्देशन रहेको यस गीतलाई तपाईहरुले Punam Gurung Vines YouTube Channel हेर्न सक्नु हुनेछ।