नेपाली गीत संगीतको बजारमा गुरुङ्ग समुदायको ठुलो योगदान रहेको छ। समाजमा संगठित भएर बस्ने गुरुङ्ग जातिहरुको बलियो पहिचान भनेकै उनीहरुले मान्दै आएको चालचलन, रीतिरिवाज नै हुन। समय सँगै बदलिएको परिस्थतिका कारण आफ्नो गाउँ ठाउँ छोडेर बिदेशी भूमिलाई कर्मो थलो बनाए पनि आफ्नो संस्कार संस्कृति कहिलै भुल्दैनन जसकारण गुरुङ्ग गीत संगीतको बजार स्वदेशमा भन्दा बिदेशमा बढी हुने गर्दछ। नेपालको दोश्रो ठुलो बजार बन्न सफल गुरुङ गीत संगीतको क्षेत्रमा बर्सेनी सयौँको संख्यमा गीत तथा चलचित्र निर्माण हुने गर्दछ। अहिले देशमा तीजको माहोल छ, यद्दपी गुरुङ्ग समुदायमा तीज मान्ने चलन नरहे पनि पछिल्लो समय सहर बजारमा भने सामाजिक रुपमा भेटघाट गरि मिठो मसिनो खाने र नाचगान गर्ने परम्परा बस्दै गएको छ।
तीज गीतहरु रिलिज हुने यो समयमा राज गुरुङ्ग र उषा गुरुङ्गको सुमुधुर आवाज रहेको गुरुङ्ग गीत “गलबन्दी चिनो” युट्युबमा सार्बजनिक भएको छ। यस गीतमा कमल बहादुर गुरुङ्गको शब्द, राज गुरुङ्ग र कमल गुरुङ्गको लय सिर्जना अनि तेजेन्द्र गुरुङ्गको संगीत समयोजन रहेको छ। राज गुरुङ्ग र उषा गुरुङ्गको यो भन्दा अघि आएको “ङ्ई माया क्योलाई” बोलको गीतलाई पनि दर्शकले अत्यधिक रुचाएका थिए। गलबन्दी चिनोमा बिशेष गरि शब्द/संगीत उत्कृस्ट रहेको छ। एकपटक सुनेर नपुग्ने गीत “गलबन्दी चिनो” सुनिसक्नु भएको छ भने कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त।


















