Home गीत/संगीत मन बुढो नहुने भेनालाई देख्दा भुतुकै सालीहरु (भिडियो)

मन बुढो नहुने भेनालाई देख्दा भुतुकै सालीहरु (भिडियो)

1264
0

चर्चित कौडा सर्जक रेशम गुरुङको शब्द/संगीतमा तयार भएको मिठो कोशेली हे माया बजारमा लिएर आएका छन्। जति सुन्दा पनि पनि सुनौ सुनौ लागि रहने गीतको संगीत संयोजन दुर्गा गुरुङले गर्नु भएको हो। दुर्गा गुरुङ, तेजेन्द्र दुरा, रुपी सिंजाली मगर र प्रेमा राना मगरको सामुहिक आवाज रहेको यस गीतमा दर्शकहरुले दमौलीका नृत्यागन बैनीहरुको मौलिक कौडा नृत्य देख्न पाउनु हुनेछ। बिशेष गरि कौडा/चुड्का तनहुँ, लम्जुङ्ग तथा गोर्खा जिल्लाका निश्चित ठाउँहरुमा पुर्खौ देखि चलिआएको परम्परा भएको हुनाले यहाँका गीत/संगीत र नृत्य अरु भन्दा बिशेष हुने गर्दछ। गीति भिडियो “हे माया” दुर्गा गुरुङ कौडा किङ्ग YouTube Channel मार्फत सार्वजनिक भएको हो, कृपया हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।