Home चलचित्र चलचित्र “नाङ्गो गाउँ” हेर्नै पर्ने ३ कारण (भिडियो)

चलचित्र “नाङ्गो गाउँ” हेर्नै पर्ने ३ कारण (भिडियो)

6314
0

ट्रेलरमा देखाइएको बिषयबस्तु, कलाकार, निर्माण टोलि सँगै लेखन/निर्देशन कसले गरेको हो भन्ने कुरा राम्रो संग विश्लेषण गरेर मात्रै दर्शक फिल्म हेर्न हल सम्म पुग्ने गर्दछ। कतिपय दर्शक त २- ४ जनाले फिल्म राम्रो छ नभुन्नजेल हल सम्म जाने जाँगर नै गर्दैनन् । भाद्र २९ बाट प्रदर्शन भएको चलचित्र नाङ्गो गाउँ ले दुई दिनमा १ करोड ६० लाख को व्यापार गरेको छ। दिनप्रतिदिन वर्ड अफ माउथका कारण शोजहरुको बुकिङ्ग बढदै गइरहेको छ। चलचित्र नाङ्गो गाउँ हेर्नै पर्ने ३ कारणहरु यहाँ प्रस्तुत गरेका छौँ । फिल्म हेरी सक्नु भएको छ भने तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है त।

१. राजनीतिक साक्षरता

लोकतान्त्रिक देशमा हरेक ५ बर्ष मा हुने चुनावले देशको स्थानीय निकाय तथा राष्ट्रिय शक्ति केन्द्रहरुमा कसले नेतृत्वमा गर्ने भन्ने कुराको निर्णय गर्दछ। तपाई हामी जस्तो जनता माथि कस्तो व्यक्तिलाई शासन गर्ने अधिकार दिने र कस्तो व्यक्तिलाई नदिने भन्ने कुराको छिनोफानो पनि गर्दछ। त्यसैले नैतिकता र इमान्दारिता भएको व्यक्ति जसले आफ्नो राजधर्मको पालाना गर्ने क्रममा सधैँ सत्यको बाटोमा हिड्दछ, त्यस्ता व्यक्तिलाई जिताउनु सच्चा जनताको कर्तव्य हुने गर्दछ। तर मुखले जति आदर्शको कुरा गरेता पनि क्षणिक फाइदामा सजिलै आफ्नो मत बेच्ने हामी जस्तै गैर-जेम्मेवार जनताले गर्दा कहिले पनि सहि शासक देशले पाउन सक्दैन। चलचित्र नाङ्गो गाउँमा यहि तथ्यलाई कथाकार दिपेन्द्र लामाले सुन्दर ढङ्गले प्रस्तुत गरेका छन्। त्यसैले चलचित्रले जनतालाई राजनीतिक रुपमा सक्षार र सहि नेतृत्व चुन्न नसक्दा भोग्नु पर्ने समस्याहरुको बारेमा एकदमै कलात्मक शैलीमा प्रस्ट गरिदिएको छ।

२. अब्बल कलाकारहरुको समूह

चलचित्रको कथामा निर्देशकले निर्माण गरेको समाज, परिबेशमा कलाकारले आफ्नो भूमिका निर्बाह गर्दै गर्दा उनीहरुले भोग्ने समस्या, चुनौती तथा सफलतालाई दर्शकले आफु संग कनेक्ट गर्ने गर्दछ। पर्दामा देखाइएको कृत्रिम चित्रमा आफुलाई भेट्छ र भावनात्मक रुपमा कथा सँग अन्त्य सम्म जोडी रहन्छ। यस फिल्ममा अभिनय गर्ने कलाकारहरु दयाहाङ्ग राई र मिरुना मगरको जोडीलाई कबडी र जारी फिल्ममा अत्यन्त रुचाइएको थियो र नाङ्गो गाउँमा पनि यी दुइको स्क्रिन केमेस्ट्री सुन्दर देखिन्छ। त्यस्तै गरि सम्राज्ञी र कर्माको पत्रले पनि कथालाई छुट्टै मोड दिने भएकोले उनीहरुको अभिनयले पनि तपाई दर्शकबृन्द लाई मज्जाले मनोरंजन दिने छ। चलचित्रको मुख्य पात्र “जय बिर तामांग” को भूमिकामा रहेका शिशिर बंग्देलले पनि फिल्म लाई अझ रोचक बनाइदिएका छन् । राजनीतिक परिघटनामा निर्मित फिल्म नाङ्गो गाउँ मा सपोर्टिङ्ग कलाकारहरु बुद्धि तामांग, उषा पहाडी, रबिन्द्र झा, अंकित खड्का लगायतको पनि अभिनय रहेको छ।

३. निर्देशकीय स्वाद

चलचित्र निर्देशन आफैँमा एउटा जटिल र संबेदनशील काम हो। हरेक लेखक/निर्देशकको कथा भन्ने शैली फरक हुन्छ र त्यो हुनु पनि पर्दछ। तब मात्रै दर्शकले चलचित्र हेर्दा फरक स्वाद महसुस गर्ने गर्दछ। चलचित्र नाङ्गो गाउँ लाई लेखन/निर्देशन गरेका दिपेन्द्र लामाले धेरै लामो समय चलचित्र समिक्षक रुपमा काम गरे। अरुको चलचित्रलाई आलोचनात्मक रुपमा हेर्नु जति सजिलो हुन्छ त्यो भन्दा गाह्रो आफ्नै चलचित्रलाई हेर्दा हुने गर्दछ। चलचित्र नाङ्गो गाउँमा लेखक/निर्देशकले धेरै मेहेनत हामी देख्न सक्छौँ। बिशेष गरि फिल्मलाई कसरी अन्त्य गर्ने भन्ने कुरामा दिपेन्द्र लामा कयौँ रात जागा बसे होलान भन्ने अनुमान सजिलै लगाउन सकिन्छ। किनकी दर्शकले अनुमान गरेको भन्दा बिल्कुलै फरक तरिकाले चलचित्रको अन्त्य गरिएको छ। यस्तो खालको निर्णय लिन पनि ठुलै आँट चाहिन्छ। चलचित्र नाङ्गो गाउँ एउटा इमान्दार व्यक्तिको कथा हो जसलाई फिल्मकारले अत्यन्त इमान्दारीपूर्ण तरिकाले भनेका छन्। त्यसैले नेपाली स्वाद र माटोको सुगन्ध बोकेको, नेपाली समाजलाई जस्ताको त्यस्तै देखाउन सक्ने क्षमता भएको निर्देशक दिपेन्द्र लामाको यो चलचित्र नाङ्गो गाउँ एक पटक हेर्दा तपाइको समय सदुपयोग नै हुन्छ।

कलाकार र निर्देशक सँगको कुराकानी