Home बिबिध नेपाली र बिदेशी नाटक हेर्न जाने होइन त ? 2nd Nepal International...

नेपाली र बिदेशी नाटक हेर्न जाने होइन त ? 2nd Nepal International Theatre Festival (NITFest) 2022

400
0

मण्डला थिएटरको आयोजनामा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव विहिबारदेखि काठमाडौंमा सुरु भएको छ । ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ प्रसिद्ध भारतिय रंगकर्मी तथा अभिनेत्री शवाना आजमीको विशेष उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त महोत्सबको उद्घाटन गरेका हुन्।

समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, जिआइजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइस लगायत थुप्रै अग्रज नेपालि तथा बिदेशी रंगकर्मी र दर्शकहरुको पनि उपस्थिति रहेको थियो। ‘फिल्म र रङ्गमञ्चसँग जोडिएका फेस्टिभल बजेटमा छैनन् । आउँदो वर्षदेखि रातो किताबमा नै ल्याएर सघाउने तयारीमा छौँ । कला र संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने कुरामा हामि सजग छौँ ’ कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिका का प्रमुख बालेन्द्र शाहले भने।

भारतीय अभिनेत्री आजमीले पनि ‘नेपालमा कलाकारहरू मिलेर आफैं नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु अनि महोत्सवको आयोजना हुनु निकै सराहनीय कार्य हो’ भन्दै प्रसंशा गरिन् । विश्वभरबाट दुई सयभन्दा बढी नाट्य कलाकारको सहभागीता रहेको यो महोत्सव मंसिर १७ गते सम्म चल्ने छ, जसमा नेपाल सहित भारत, भुटान, श्रीलङ्का, रुस, इटली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका १८ नाटकहरु मञ्चन हुनेछन्।

https://mandalatheatre.com/events/2nd-nepal-international-theatre-festival-nitfest-2022/