Home बिबिध श्रावन ८ बाट Himalayan Roadies Season 5

श्रावन ८ बाट Himalayan Roadies Season 5

491
0

इन्डियन टेलिभिजन रियालिटी शो रोड़ीजको नेपाली फ़्रेन्साइज हिमालयन रोडिज सिजन ५ को प्रसारण श्रावन ८ गते देखि हिमालयन टेलिभिजन बाट प्रसारण हुने भएको छ। अफिसियल स्पोन्सर साइनिङ्ग समारोहमा बोल्दै कार्यक्रम प्रस्तोता सुरज सिङ्ग ठकुरीले अहिलेको सिजनको एपिसोड देखेर इण्डियनहरु पनि दङ्ग गर्ने बताए। बिगतका सिजन भन्दै धेरै पृथक अनि उत्कृस्ट सिजन बनाउन कडा परिश्रम गरेकोले दर्शकले मन पराइदिने पूर्ण विश्वास गरेका छन् निर्देशक सिमोस सुनुवार।

Priyanka karki & Anup Bikram Sahi

डेड घन्टाको यस एपिसोडिक रियालिटी शोमा यमाह मोटरसाइकलको मुख्य प्रायोजन, ईन असोसिएसन माउन्टेन डिउ,  स्टाइल पार्टरनमा प्रोस्टाइल, सेलिब्रेशन पार्टरनमा के.एफ.सी, एजुकेशन पार्टनरमा सफ्टवारिका कलेज, इन्सुरेन्स पार्टरमा युनाईटेड अजोड, लुब्रीकेन्ट पार्टनरमा एच.पी. लुब्रिकेन्ट र मेडिकल पार्टनरमा स्टार हस्पिटल रहनेछन। सिजन पाँचमा नयाँ ग्याङ्ग लिडरको रुपमा अभिनेत्री प्रियंका कार्की र नयाँ प्रस्तोताको रुपमा भी जे सुरज सिङ ठकुरी प्रवेश गरेका छन्, अन्य ग्याङ्ग लिडरहरु अभिनेत्री दिया मास्के, र्यापर आशिष राना “लाहुरे” अभिनेता अनुप बिक्रम सहि यथावत नै रहनेछन। रोडिजको सुटमा गए पछि आफ्नो हँसिलो, रमाइलो, बब्ली पहिचान लाई दुई दिन पनि टिकाउन गाह्रो भएको अनुभव प्रियंकाले सुनाईन। १० लाख ९० हजारको पुरुषकार राशी राखिएको गत सिजन ४ मा ग्याङ्ग लिडर अनुपको प्रतिस्पर्धी नसिब तामांगले उपाधि जितेका थिए, अब आउने सिजन ५ मा कसले बाजी मर्नेछ त्यो भने हेर्न बाँकी नै छ। बिशेष गरि युवा पुस्तामा चर्चित रियालिटी शो हिमालयन रोडिज कत्तिको हेर्नुहुन्छ कृपया कमेन्ट गर्नु होला है त।

Priayanka Karki on The Himalayan Roadies Season 5 Press Meet