फाल्गुन ११ २०७८
काठमाडौँ
कलकत्ते काइँयो’, ‘चुईंचुईं चुइँकने जुत्ता’, ‘मूलाको चना’लगायतका चर्चित गीत गाएका कलाकार जयनन्द लामाको निधन भएको छ | बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै लामा बौद्ध गएका थिए । बुधबार बिहान ७ बजेतिर आफन्तले बा३च ७७४१ नम्बरको कारमा लामालाई मृत भेटेको डीएसपी पाण्डेले बताएका छन् । डीएसपी पाण्डेका अनुसार खुट्टा गाडीमा शरीर घोप्टो परी टाउको भुईंमा जोतिएको अवस्थामा लामा मृत भेटिएका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव लागि सकेको अनुसन्धान भै रहेको प्रहरी स्रोत बाट जनाकरी आएको छ। उनले ‘मनको बाँध’, ‘छक्कापञ्जा’लगायतका चलचित्रमा अभिनय गरेका छन् र पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।


















