Home चलचित्र उपासनाको आँखामा आर्यनको सपना |

उपासनाको आँखामा आर्यनको सपना |

575
0

“तिमीले सपना देख्ने आँखा, आज रुँदै छ” चलचित्र डिसेम्बर फल्सको टिजरमा उपासनाको पत्रले बोल्ने संवाद हो यो । हस्पिटलमा काम गर्ने उपासना लाई, षड्यन्त्रपूर्ण ढङ्ग ले फसाए पछि उनको जीवनमा आउने अप्रिय घटनाहरुको प्रतिकार गर्न याक्सन अबतारमा इन्ट्री हानेका आर्यन र उपासनाको रोमान्स, याक्सन र ड्रामा यस चलचित्र डिसेम्बर फल्स मा हेर्न पाइने, टिजर बाट अलिकति अनुमान लगाउन सकिन्छ। तिजरमा हामी चक्लेटी हेरो आर्यन सिग्देलको well choreographed Action Sequence पनि देख्न पाउँछौ। बन्दे प्रसादले सम्पादन गरेको यस डिसेम्बर फल्सको तिजरले दर्शकमा पक्कै पनि फिल्ममा के होला भन्ने उत्सुकता जगाएको छ। सामान्य जीवन बिताइरहेकी उपासना र आर्यनको लाइफमा त्यो के घटना घट्यो जसले उनीहरुको परिस्थिथि बदलिदियो ।

Actress : Upasana Singh Thakuri

लामो समय पछि आर्यन सिग्देलको फिल्म नेपाली दर्शकहरुले हेर्न पाउने भएको छ। एक समय चक्लेटी अनुहार भएका आर्यनको रोमान्टिक फिल्महरु दर्शकहरु माज लोकप्रिय बनेका थिए। अहिले भने डिसेम्बर फल्समा रोमान्स सँग संगै यक्सनमा पनि जोड दिएको प्रस्टै देख्न सकिन्छ । यस चलचित्रमा आर्यन र उपासन संगै शिवहरि पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभातपाल ठकुरी, जयना कुँवर जस्ता अनुभवी कलाकारहरुको पनि अभिनय रहेको छ । मेलिना राई, निशान भट्टराई, केतन क्षेत्री, अस्मिता अधिकारी र मनिष ढकालको पर्स्व अवाज रहेको यस फिल्मका गीतहरुमा संगीत भर्ने काम दीपक शर्मा, कोशिश क्षेत्री, सुशान्त गौतम, प्रतीक पौडेलले सयुंक्त रुपमा गरेका छन् ।

Aryan and Upasana no Romantic Scene

महेश आर गुप्ताको छायाँकन, प्रविण झा को निर्देशन रहेको यस चलचित्र लाई राजकुमार भट्टले निर्माण गरेका हुन् र नेपाल भर Film Distribution को जिम्मा सुनिल मानन्धर ले लिएका छन्। चलचित्र पौष १५ गते बाट देशव्यापी रुपमा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ। आर्यन र उपासनाको जोडीलाई दर्शकले कतिको मन पराईदेला पौष १५ पछि नै थाहा हुनेछ, आइले रिलिज भएको टिजर चै कस्तो लाग्यो तपाइलाई, कमेन्ट गर्नु होला है ?