Home चलचित्र नेपाली चलचित्र “बुलाकी” सुरक्षाको उत्कृस्ट अभिनय

नेपाली चलचित्र “बुलाकी” सुरक्षाको उत्कृस्ट अभिनय

534
0

ट्रेलर हेर्दै फिल्म हेरौँ हेरौँ बनाउने नेपाली चलचित्रहरु कमै मात्रामा आउने गर्दछ नेपाली बजारमा। तर पछिल्लो दुइ फिल्महरु उपेन्द्र सुब्बा निर्देशित जारि र लक्ष्मण सुनार निर्देशित बुलाकीको ट्रेलरले भने आम दर्शक माझ एउटा छुट्टै किसिमको उत्सुकता सिर्जना गरेको छ। झट्ट हेर्दा कथा बस्तु उस्तै उस्तै जस्तो देखीए पनि बिल्कुलै फरक भूगोल, भाषा र परिवेश समेटिएका यी दुवै फिल्म निर्देशक द्वयको पहिलो फिल्म हो । सुदुर पश्चिमको ग्रामिण भेगमा छायाँकन गरिएको बुलाकी चलचित्रमा आमा बन्न नसक्दा एउटा महिलाले भोग्ने पिडा र संघर्ष लाई देखाउन खोजिएको छ।  उक्त क्षेत्रमा बोलिने ठेट नेपाली भाषा र लवज सहितको सम्बाद पनि कतिपय दर्शकका लागि नयाँ हुन सक्छ, जसमा थप मिठास थपेको छ कलाकारको Dialoge Devliery ले जुन एकदमै Authentic र Orinigal सुनिन्छ।

Story/Dialoge/Screenplay राजबहादुर साने ले लेख्नु भएको चलचित्र बुलकीमा मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहेकी छिन । उनले निभाएको पात्र र भोगाइ विश्वसनिय अनि मन छुने खालको छ । निर्देशक आफैँ पनि सुदुर पश्चिम क्षेत्र बाटै आएको हुनाले Film सबै तरिकाले Organic र Authentic बनाउने कोसिस गरेको ट्रेलर बाट प्रस्ट हुन्छ। बिजुली बत्ति नभएको ग्रामिण भेगको कथा भएकोले, बेलुकी र indoor Scene हरुमा practicle lights को प्रयोग गरि दृश्य लाई Realistic बनाइएको छ, जसको श्रेय छायाँकार शिव ढकाल लाई जान्छ। २०८० बैशाख १ लाई प्रदर्शन मिति तोकिएको बुलाकीको ट्रेलरले जसरी उत्सुकता जगाएको छ, फिल्मले दर्शकको अपेक्षा लाई पुरा गर्न सफल रहोस हाम्रो शुभकामना ।