पहिलो गुरुङ्ग चलचित्र पाते मार्फत रजतपटमा आफ्नो करियर सुरु गर्नु भएका निर्देशक/नायक/निर्माता प्रितम गुरुङ्गको चलचित्र रिपा को युकेमा भब्य प्रदर्शन हुने भएको छ । गुरुङ्ग संस्कृतिमा आधारित नेपाली भाषी चलचित्र नुमाको प्रदर्शनको लागि युके पुगेका निर्देशक प्रितम गुरुङ्ग पुन; रिपा लिएर जाँदै हुनुहुन्छ। उक्त चलचित्रको अहिले धमाधम सम्पादनको काम भैरहेको निर्देशक/निर्माता प्रितम गुरुङ्गले बताउनु भयो। गुरुङ्ग समुदायमा सुख दुखमा प्रयोग हुने धागो हो रिपा/रुबा। पछिल्लो समय खादाको प्रयोगले गर्दा यसको प्रयोग घट्दै गएको छ। काठमाडौँ तथा तनहुँका गुरुङ्ग गाउँहरुमा छायाँकन गरिएको यस चलचित्रमा कलाकारहरु आनन्द गुरुङ्ग, सिमा गुरुङ्ग, आशिष गुरुङ्ग, तलिशा गुरुङ्ग, डीबी गुरुङ्ग, इना गुरुङ्ग, सन्तोषी गुरुङ्ग लगायतको अभिनय रहने छ। चार घरे आमा समुहको आयोजनामा प्रदर्शन हुन लागेको चलचित्र रिपाको प्रिमियर निम्न समय र स्थानमा हुने बताइएको छ। युके प्रदर्शनी पछि काठमाडौँमा पनि रिलिज गरिने निर्माण पक्षले बताएका छन्।


पहिलो शो
मिति : 23 RD April @4pm
स्थान : London Post office & Social Sports Club, 136 Greenford Road, Sudbury Hill, HA1 3QL
दोस्रो शो
मिति : 30TH April 4pm
स्थान : GU11 1DJ, ALDERSHOT Empair Hall
थप जानकारीका लागि शन्त गुरुङ्ग (+447950924058) र गुड्डु गुरुङ्ग (+447984610126) मा सम्पर्क गर्न सक्नु हुनेछ।


















