Home चलचित्र “रानी बिनाको राजा के राजा” हेरोनीको आवस्यकता !

“रानी बिनाको राजा के राजा” हेरोनीको आवस्यकता !

505
0

काठमाडौं २०७९ मंगसिर १

नेपाली चलचित्र उधोगमा काम नपाएर बसेका हेरोनिको संख्या धेरै नै छन्। बर्षामा १०० भन्दा बढी फिल्म बन्ने यस क्षेत्रमा नयाँ कलाकार ले अवसर पाउला र राता रात मनोरंजनको यो झिलिमिलीमा आफ्नो नाम जमाउन सकुँला भन्ने धेरै नब कलाकारहरुको सपना हुने गर्दछ। फिल्म निर्माणमा राम्रै लगानी गरे पनि पैसा फिर्ता आउने कुनै ग्यारेन्टी नभएकोले अनावस्यक रिस्क लिन खोज्दैनन् प्राय निर्माताहरु। सबै नयाँ कलाकारले अवसर नै नपाउने भन्ने पनि हुँदैन, अहिलेका चर्चित अनुहारहरु पनि सुरुमा आउँदा दर्शकको लागि नयाँ नै थियो। प्रेम गीत स्टारर प्रदिप खड्का, पुष्पल खड्का, आकाश अधिकारी, सलिन मन बानिया लगायत थुप्रै कलाकारहरुले डेब्यु फिल्म बाट चर्चा कमाएका थिए। अहिले हालैको तातो तातो उदाहरुण; चलचित्र महापुरुषका अरुण छेत्री र अन्जना बराइली पनि नयाँ अनुहार नै हुन् जसलाई दर्शकले धेरै मनपराई दिनु भएको छ।

Raj Katwal Cast on Movie Raaja
Actor/Businessman : Raaj Katwal

यस्तै नयाँ अनुहारको खोजीमा छन् चलचित्र राजा का निर्माण टोलि । राज कटुवाल आफ्नै ब्यानर “राज इन्टरटेन्टमेन्ट” को ब्यनार बन्न लागेको यस फिल्म मा राज आफै नायक छन् भने नायिकाको खोजि भैरहेको छ। राजनीतिक दलका नेता, हल संचालक तथा ब्यबसायी सबै मिलेर बनाउन लागेको यस फिल्ममा पैसा पनि राम्रै खर्च गरिने निर्माण टोलीले बताएका छन्। लगभग ३ करोडमा बन्न लागेको यस फिल्म लाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् भने दिवाकर भट्टराईले पटकथा लेखिरहेका छन्। को बन्लान त राजा को रानी आम दर्शकको लागि चासोको बिसय बनेको छ। कस्तो फिल्ममा चै ३ करोड लगानी गर्दै छन् त नेकपा एमालेका नेता परशुराम बस्नेत, हल सञ्चालक नरेन्द्र महर्जन र व्यवसायी दीपेन्द्र अग्रवालले, त्यसको लागि प्रतिक्षा गर्ने पर्ने भयो। तपाईहरुलाई के कस्तो हेरोनि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्छ जस्तो लाग्छ, अनुमान लगाउनु होला, कमेन्ट मज्जाले गर्न पाइन्छ है।