नेपाली गीत संगीतको बजारमा हिजो आज कौडा गीतहरुले निकै राम्रो दर्शक श्रोता पाइरहेका छन। प्राय श्रीङ्गगारिक शब्दको बढी प्रयोग हुने कौडा गीतहरुमा महिला पुरुषको माया पिरतीको भाव झल्किएको हुन्छ। कौडा गीतहरुको निर्माण दिन प्रतिदिन बढिरहेको यस माहोलमा साजन गुरुङ्गको शब्द/संगीत, शान्ति श्री परियार र राज गुरुङ्गको सुमुधुर आवाज रहेको नयाँ कौडा गीत “मुस्कुराउँदै हेर्ने उन लाई” बजारमा आएको छ। उषा गुरुङ्ग र साजन गुरुङ्गको सामुहिक गायन, धन बहादुर गुरुङ्गको संगीत संयोजन र बुद्ध राज बज्राचार्यले मिक्सिङ्ग गर्नु भएको यस गीतमा मनोज गुरुङ्ग र लक्ष्मी गुरुङ्गको अभिनय रहेको छ भने नेत्र गुरुङ्गको छायाँकन र स्वयम् साजन गुरुङ्गको निर्देशन रहेको छ। अमेरिका निवासी बिकाश गुरुङ्ग र भीमा गुरुङ्गले लगानी गर्नु भएको यो गीत म्युजिक नेपालको युट्युब च्यानल बाट सार्बजनिक भएको हो। “ मुस्कुराउन्दै हेर्ने उन लाई” हेर्नु र सुन्नु भएको छ भने कस्तो लाग्यो प्रतिदिनु होला । हेर्नु भएको छैन भने तल लिंक राखिदिएका छौँ हेर्नु होला है त ।


















