Home गीत/संगीत आनन्द गुरुङ्गले चण्डी पुर्णि मेलैमा सोल्टिनी भगाए (भिडियो)

आनन्द गुरुङ्गले चण्डी पुर्णि मेलैमा सोल्टिनी भगाए (भिडियो)

2245
0

गुरुङ्ग तथा मगर बस्तिहरुमा सदियौं देखि बैशाख पुर्णिमाको दिन सोल्टा सोल्टिनी भेटघाट गरि घाँटु, चुट्का नाचेर रमाइलो गर्ने परम्परा रही आएको छ। यहि मौलिक संस्कृतिलाई जगेर्ना गर्न लाखौँ रुपैयाँ लगानी गरि बर्षेनी सयौँको संख्यामा कौडा/कौराह चुट्का गीत निर्माण हुने गर्दछ। यसैको पछिल्लो उदाहरण हो बिदेशी भूमिमा बसेर पनि गीत संगीत मार्फत आफ्नो मौलिक संस्कृतिको जगेर्नामा आफुलाई समर्पित गर्दै आउनु भएका सर्जक युनिक थापा मगरको उत्कृष्ट लय तथा शब्द रहेको कौडा गीत “चण्डी पुर्णि मेलैमा”। टेकु गाहा मगरको शब्द/निर्माण र डोलराज बार्हघरेको संगीत संयोजन रहेको यस गीतमा नबराज थापा मगर, उषा गुरुङ, राजु तोलंगी गुरुङ र रचना रानामगरको आवाज रहेको छ । कोइलम मि छ्याबा, नुबाई दरबार, कुलार्बे चामी क्यो लगायत दर्जनौ सुपरहिट गुरुङ्ग गीतहरु मार्फत गुरुङ्ग समुदायमा चिरपरिचित भईसकेकी गायिका उषा गुरुङ्गको पहिलो कौडा गीत हो “चण्डी पुर्णि मेलैमा”

दिप फिल्मस प्रोडक्सनले निर्माण गरेको यस भिडियोमा आनन्द गुरुङ्ग, दीपा गुरुङ्ग, अनिता पाइजा मगर लगायत बाल कलाकारमा समिक्षा मगर र नोवी गुरुङ्गको अभिनय, राजेश घिमिरेको छायाँकन, विष्णुहरि तिमल्सिनाको सम्पादन र रङ्ग संयोजन रहेको छ। दिप गुरुङ्गको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको उक्त गीतको भिडियो राजु तोलांगी गुरुङ्गको अफिसियल Youtube Channel मार्फत सार्बजनिक भएको छ।