Home गीत/संगीत राजु लामाको पहिलो गुरुङ भाषाको गीत “ङ्गोल्स्यो खोबाले”(भिडियो)

राजु लामाको पहिलो गुरुङ भाषाको गीत “ङ्गोल्स्यो खोबाले”(भिडियो)

707
0

लिप सिंक भिडियो मात्रै पनि लाखौ दर्शकहरुले मन पराइसकेको गीत ङ्गोल्स्यो खोबालेको अफिसियल भिडियो Global Nepal Entertainment को YouTube Channel मार्फत रिलिज भएको छ। The Voice of Nepal Season 4 मा चर्चा कमाउन सफल तारा श्रीष मगरले आफ्नो गुरु राजु लामा सँग रेकर्ड गरिएको यो पहिलो गुरुङ गीत हो। प्रेम गुरुङको शब्द संयोजन, केश बहादुर गुरुङको लय सिर्जना, तेजेन्द्र गुरुङको संगीत संयोजनमा तयार भएको यस गीतलाई सुर साधना स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो। 


गुरुङ समुदायमा प्रचलित सोल्टी सोल्टिनी बिचको माया पिरतीलाई दर्शाउन खोजिएको यस गीतमा रचनाकार प्रेम गुरुङ र मोडेल सुष्मिता गुरुङको अभिनय रहेको छ। लम्जुङ्गको प्राकृतिक सौन्दर्यले भरिपुर्ण र संस्कृतिक रुपमा धनी  पर्यटकीय गाउँ घनपोखरामा छायांकन गरिएको यस भिडियोमा रबिन थापा मगरको सिनेमाटोग्राफी, इना गुरुङको शृंगार/भेषभुषा, मनाङ्ग गुरुङको नृत्य निर्देशन र खेमेंद्र गुरुङले निर्माण व्यवस्थापन गरेका छन्। ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको प्रस्तुति र भ्याली फिल्म एकाडेमीको सहकार्यमा निर्माण भएको यस भिडियो लाई भुपेन्द्र गुरुङले निर्देशन र प्रेम गुरुङले निर्माण गर्नु भएको हो।