Home गीत/संगीत ‘पेन्सन पट्टा’को अफिसियल गीत ‘जुनी जाला’ साउन १ गते रिलिज हुँदै।

‘पेन्सन पट्टा’को अफिसियल गीत ‘जुनी जाला’ साउन १ गते रिलिज हुँदै।

76
0
pension patta movie song poster
नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को अफिसियल गीत ‘जुनी जाला’ साउन १ गते (जुलाई १७) सार्वजनिक हुने भएको छ। सामाजिक संजालमा रिलिज गरिएको पोस्टर मार्फत निर्माण टिमले गीत रिलिजको मिति घोषणा गरेको हो। गीतमा शरन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङ को स्वर रहेको छ। गीतका शब्द हर्क साउद ले लेखेका हुन् भने संगीत मनोज थापा मगरको रहेको छ।

माओत्से गुरुङको निर्देशन भएको यस चलचित्र निर्माणमा मिन कोन्मे गुरुङ (यूके), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ (स्टेसन, निवा गल्ली) रहेका छन्। निर्माण टिमका अनुसार ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गते (सेप्टेम्बर ११) देशभर प्रदर्शनमा आउनेछ। गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारले थप गति लिने अपेक्षा गरिएको छ।