नेताले नसकेको, कलाकार ले बनाउलान त देश

330
0

प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्बाचन २०७९ को मिति नजिकैदै जादा देशको चुनाबी माहौल रोमान्चक देखिएको छ। राजनीतिक दल संग असन्तुस्टी जनाउदै, देशको बिकाश र समस्याको निकाशका लागि भन्दै बिभिन्न छेत्र, पेसा र ब्यबसायमा अबद्द व्यक्तिहरु पनि, स्वतन्त्र उमेद्वारि दिदै लोभ लाग्दा नीति तथा कार्यक्रमहरु सहित जनता संग भोट फकाउन ब्यस्त छन् यति खेर। आज हामी चर्चा गर्दै छौ चुनाबी दौडमा होमिएका, कलाकारिता र मनोरंजन छेत्र संग सम्बन्धित केहि ब्यक्तिहरुका बारेमा। 

चर्चित अभिनेत्री निर्मात्री तथा निर्देशक रेखा थापाले  रास्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्वो गर्दै मोरंग छेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उमेद्वारि दिएकी छिन। नेता सासक होइन सेवक हुनुपर्छ भन्दै घरदैलो कार्यक्रममा पुग्ने गरेकी उनलाई हेर्न र सुन्न चाहने मतदाताहरु पनि उनको निर्बाचन छेत्रमा  प्रसस्तै देखिने गरेका छन्।  थापाको बढ्दो चर्चा र सक्रियता अन्य दलका लागि भने टाउको दुखाइको बिसय बनेको छ।  मनोरंजन छेत्रमा दशकौ बिताएकी रेखाको सोझो प्रतिस्प्रधा भने एमाले बाट उमेद्द्वार बनेका बिबादित पूर्व स्वास्थ्य मन्त्रि भानु भक्त ढकाल संग हुने बताईएको छ।

स्थानीय निर्बाचन २०७९ मा काठमाडौँ बाट मेयर पदमा स्वोतन्त्र उमेद्वारी दिदै अप्रत्यासित जीत निकाले  अर्किटेक्चर तथा र्यप्पर बालेन्द्र शाहले । बुढाबुढीलाइ टेक्न र भ्रस्टाचारीलाइ सेक्न काम लाग्ने भन्दै त्यतिबेला चर्चित बनेको उनको चुनाब चिन्ह लौरो यो निर्बाचनमा भने हाम्रो नेपाली पार्टीको भागमा परेको छ। सोहि पार्टीको तर्फबाट काठमाडौँ छेत्र नम्बर २ क तर्फ प्रदेश सभा सदस्यमा उमेद्द्वारी दिएका छन् चलचित्र निर्माता तथा अभिनेता राज तिमल्सिनाले । सिलसिला, मन मनै मन पराए, हो येही माया हो लगायतका चल्चित्रमा अभिनय अनि झोला, भोर लगायतका चल्चित्र निर्माण गरेका तिमल्सिना नीति निर्माण तहमा सक्छेम युवा भन्ने नारा सहित चुनाबमा होमिएका हुन्।

मंग्सिर चार नजिकिदै गर्दा चितवन छेत्र नम्बर एक बाट प्रतिनिधि सभा सदस्य तर्फ स्वतन्त्र उमेद्द्वारी दिएका चर्चित लोक तथा दोहोरि गायक मिलन लामा पनि यति खेर घरदैलो कार्यक्रममा ब्यस्त छन्। जन्मथलो चितवनको समग्र बिकाशको लागि भन्दै उमेद्द्वारी दियका उनको चुनाब चिन्ह सूर्यमुखी फूल हो। झल्को लाली ओठको, माझि दाइ पोखरा फेवातालको जस्ता चर्चित गीतहरुका गायक लामा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे तथा नेपाली कांग्रेसका नेता बिश्वोनाथ पौडेल संगको प्रतिस्प्रधामा छन्।

म्युजीक भिडिओ, बिज्ञापन र फिल्मको यक्सन कटमै ब्यस्त रहने निर्देशक असिम शाह पनि यति बेला भने  मतदाता संग भोटमाग्नमै  ब्यस्त छन्। ब्लकबस्टर फिल्म २ रुपैयाका निर्देशक असिमलाइ राष्ट्रिय स्वोतन्त्र पार्टीले समानुपातिक तर्फ मुस्लिम समुदाय को प्रतिनिधित्तो गराउदै प्रतिनिधि सभा सदस्यको उमेद्वार बनाएको छ।  बिपिन कार्की लाइ मुख्य भूमिकामा राखेर बनाउदै  गरेको चलचित्र डामाडोलको छायांकनलाइ थाति राख्दै चुनाबी दौडमा होमिएका उनले सिंगो देश अनि  समग्र चलचित्र उद्योगको बिकाशका लागि पनि आफु राजनीतिमा आएको बताएका छन्। 

रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका निर्माता तथा निर्देशक दलप्रसाद लिङदेन (दिनेश लिङदेन) यतिबेला चुनावी दौडाहामा व्यस्त छन् ।

एक नगरपालिकासहित सात वटा गाउँपालिका रहेको पाँचथरमा त्यहाँको स्वास्थ शिक्षामा सुधार, कृषिलाई वैज्ञानिक बजार, सिप र योग्यतालाई रोजगार, सडकलगायतका भौतिक पुर्वाधारहरुको निर्माणमा निरन्तरता लगायतका एजेण्डा लिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी चुनाब चिन्ह सहित उनि पनि चुनावमा होमिएका छन् ।

देश युवाले बनाउनु पर्छ,

भोट राम्रा लाइ खन्याउनु पर्छ

मंगसिर चार मा वार कि पार

के छ तपाइँ को विचार ? 

कमेन्टमा आफ्नो विचार ब्यक्त गर्नुहोला।