चलचित्र नाङ्गो गाउँको सफलता पछि निर्देशक दिपेन्द्र लामाले आफ्नो सामाजिक संजाल मार्फत एउटा नयाँ कुरा खुलासा गरेका छन्। त्यो के भन्दा, चलचित्र नाङ्गो गाउँ को कथा लेख्दै जाँदा ५ घन्टाको बन्ने भए पछि त्यसलाई टुक्राएर दुइ भागमा निर्माण गर्ने कुरा फिल्म रिलिज हुनु भन्दा अघि नै तय भैसकेको बताएका छन्। यद्दपी यसको जानकारी चलचित्रको प्रचार प्रसारको दौरान कतै बाट पनि आएको थिएन। यसको कारण जे पनि हुन सक्छ।
न १ कारण :
पहिलो इन्स्टलमेन्ट नै राम्रो चलेन भने त्यसको प्रत्यक्षा असर सिक़ेउल पर्न जान्छ। सायद नाङ्गो गाउँका निर्माण पक्ष आफ्नो चलचित्र यति बढी हिट हुन्छ भन्ने कुरामा बिस्वस्त थिएन होला त्यसैले पहिलेनै सिक्क़ेउल बनाउने घोषणा गर्न सकेन। हुन त कुन फिल्म हिट हुन्छ, कुन फ्लप हुन्छ भन्ने कुरा ग्यारेन्टीका साथ भविष्यबाणी गर्न कसैले सक्दैन।

न २ कारण : अहिले आएर दोस्रो अंश पनि आउने भन्ने कुरा ब्यापारिक पाटो पनि हुन सक्छ। किनकी कथा लाई बिट मारिएको छैन, बाटो मै छोडिदिएको छ। पासाङ्ग गाउँ फर्केर फेरी क्रान्ति गर्ने नयाँ सत्ता निर्माण गर्ने धेरै तार्किक कारणहरु कथामा प्रसस्तै छोडिएको छ। ढिलै भएको पनि सत्यको जित अवस्य हुन्छ भन्ने दार्शनिक भनाइलाई पनि फिल्ममा देखाउन बाँकी नै छ। काल्पनिक दुनियाँको पर्दामै भए पनि एउटा इमान्दार पात्रले हारेको दर्शकहरुले हेर्न त्यति रुचाउदैनन ।
नाङ्गो गाउँमा अब भ्रस्ट नेतालाई जनताले नाङ्गएको हेर्न दर्शकहरु आतुर छन्। नाङ्गो गाउँ २ को सम्पूर्ण कथासार हामीलाई थाहा भएपनि, चलचित्रमा पात्रहरुले भोग्ने कठिनाई, गर्ने संघर्ष र अन्तिम बिन्दु सम्म पुग्ने प्रक्रिया हेर्न रोमान्चक हुने हो। अब रोमान्चक बनाउने काम दिपेन्द्र लामाको कलम र क्यामराले गर्नेछ। यद्दपी दर्शकले फिल्म हेर्न केहि समय कुर्नु पर्ने छ किनकी लामाको फुल फ्लेज्ड जानरामा निर्माण हुने कमेडी फिल्मको निर्माण पहिला


















