Home गीत/संगीत राजु लामाको आवाजमा “झरनाको चिसो पानी” (भिडियो)

राजु लामाको आवाजमा “झरनाको चिसो पानी” (भिडियो)

577
0

झरनाको चिसो पानी मैयाँ , डाँडा मुनि पानी ताल पर्यो।

राम्री त तिमि राम्री, मैयाँ मलाई किन गाल पर्यो ।।

सुरेश अधिकारीको सुपरहिट गीत झरनाको चिसो पानी राजु लामाको आवाजमा रिमेक गरेर सगरमाथा डिजिटल प्रा.लि ले बजारमा ल्याएको छ । गीतमा सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् । गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा निरज कुमार सुनारको सङ्गीत रहेको थियो । कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ । ‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ । केही दिनअघि सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ । कुलेखानी आसपासका मनोरम दृश्यहरूलाई लिएर भिडियो बनाइएको कम्पनीका अध्यक्ष केसीले बताए । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन्भि र भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् । राजु लामा र सुरेश अधिकारी कसको आवाज तपाइलाई मन पर्यो प्रतिक्रिया दिनुहोला।