
नेपाली गीत संगीतमा चासो राख्ने दर्शक श्रोता अनि गायनमा आफ्नो भविष्य खोज्ने तन्नेरी पुस्ताको लागि चिर परिचित नाम हो The Voice of Nepal. पछिल्लो केहि समय देखी नेपालकै प्रतिष्ठित नम्बर एक रियालिटी शो बन्न सफल The Voice of Nepal Season 4 मा यतिबेला knockout round चलिरहेको छ, मतलब धक्का मुक्कीको चरण। अझै भनौ, एकले अर्कोलाई पछार्ने सांगीतिक खेल जहाँ एक प्रतिस्पर्धीले आफ्नो गला घुमाएर स्वरको कला देखाउँछन् अनि अर्को चरणको लागि नाम लेखाउँछन्।

यहि प्रतिस्पर्धा अन्तर्गत गत शुक्रबार राति हिमालयन टेलिभिजन बाट The Voice of Nepal Season 4 को एक्काईसौं भाग प्रसारण भए पश्चात कोच राजेश भने झनै विवादमा तानिएका छन्। सांगीतिक कार्याक्रमका लागि भन्दै विभिन्न देश पुग्ने गरेको तर कोचका रुपमा द भ्वोइसका प्रतिस्प्रधीलाई पर्याप्त समय नदिएर अन्याय गरेको भन्ने आरोप लाग्दै आएका उनको पछिल्लो निर्णयलाई लिएर यतिबेला सामाजिक संजालमा खैलाबैला मच्चिएको छ। Voice of Nepal Season 4 को एक्काईसौं शृंखलामा कोच राजेशले राम्रोलाइ भन्दा हाम्रोलाइ छानेको अधिकांश दर्शक श्रोताहरुको आरोप छ।

स्वोर सम्राट नारायण गोपालको “एउटा फूल देउरालीमा” गीत गाएका परेश राई, गायक शिब परियारको “कहाँ थियौ तिमि रंगमन्च उठेपछि आयौ” बोलको गीत गाएका मोहन नेपाली र गायक जीतेन राईको “उडदै आयो हवाइजहाज” बोलको गीतमा पदम राइले दिएको प्रस्तुति मध्ये कोच प्रमोद र राजुले मोहन नेपालीको अनि कोच प्रबिशाले परेश राइको प्रस्तुतिको तारिफ गर्दा कोच राजेशले भने पदम राइको प्रस्तुतिलाई अब्बल ठहर्याउँदै अर्को चरणमा लगेका थिए।

कोच राजेशको उक्त निर्णयको बिरोध गर्दै मोहन नेपालीको समर्थनमा The Voice of Nepal को अफिसियल YouTube च्यानल र राजेश पायाल राईको Official Facebook Page मा सयौँ दर्शक श्रोताहरुले comment गर्ने सिलसिला अझै रोकिएको छैन। कसैले द भ्वोइस अफ नेपालमा पैसाको राजनीति लाग्न थालेको आरोप लगाएका छन् भने कसैले नाताबाद कृपाबाद हाबी हुन थालेको भनेका छन्।
र अन्त्यमा कोच राजेशको समर्थनमा आएको यो कमेन्ट पनि



















