Home चलचित्र अब मोबाइलमै हेर्नुस कबड्डी ४…

अब मोबाइलमै हेर्नुस कबड्डी ४…

444
0
बिखे: मान्छेको मनको पिर रक्सिले पखाल्न नसक्ने र छ दाइ 
छन्त्याल: पखाल्न नसके पनि सम्हाल्न सक्छ, ला थाप.…

‘कबड्डी ४’ हलमा गएर हेर्न पाउनु भएन ? नो तनाब, खुसीको खबर छ जनाव।

हो ! यो जाडोमा घरमै बसेर रक्सिको रम रम संगै चर्चित चलचित्र ‘कबड्डी ४’ हेरेर रमाउने अवसर आएको छ अब। (अ साचै ! रक्सि स्वास्थ्यको लागि हानिकारक छ। बरु यसो गर्नुस,कोक /फ्यान्टा /जुस खादा पनि घाटि दुख्न सक्छ, यो जाडोमा सुप नै सुरुप्प पार्नुस।)

रामबाबु गुरुङको Action/Cut, अनि दयाहाङ राई र सौगात मल्लको Acting Top रहेको चलचित्र ‘कबड्डी ४’ शुक्रबार देखि ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज हुदैछ। एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेका अनुसार, उक्त चलचित्रको डिजिटल प्रिमियर हेर्न प्रति ग्राहक रु.२०० मात्र लाग्ने छ। (घरमै बसेर यसरि हेर्न पाइने रैछ, बेकारमा भुटन मसलो खाने पैसा पप कर्नमा खर्च गरिएछ भनेर पछुताउन थालिसके कोहि कोहि त। )

यो कबड्डी भन्ने नामै फापेछी, चौथो शृङ्खलाले पनि नेपालि हलमै साढे २२ करोड रुपैयाँ ग्रस छापेपछि यसको निर्देशक र निर्माण टिम ४४ करोडकमाउने उदेश्यका साथ कबड्डीको पाँचौं श्रृंखलाको तयारीमा लागेको जानकारी पनि हामीलाई प्राप्त भएको छ। (हँसाई हँसाई पैसा लुट्ने भए गाठे ! म पनि समाचार लेख्न छोडेर फिल्म बनाउन पर्छ क्यारे !)

कबड्डी ४ लाइ सिनेमा घर एपबाट पाइरेसी गरेर Facebook/Youtube तिर हाल्ने लाइ खोजि खोजि जेलमा कोचिने र लाखौ रुपैया जरिबानाठोकिने कुरा त जानकारी गराइ रहन पर्ने थिएन होला तर पनि तपाईको टिठ लाग्दो अनुहार सम्झेर मायाले भन्दिए। (पल शाहलाइ भेटेर सेल्फी खिच्न मन भए त मेरो भन्नु केहि छैन।)