Home गीत/संगीत विना राउतको चौबन्दी सार्वजानिक (भिडियो)

विना राउतको चौबन्दी सार्वजानिक (भिडियो)

844
0

पछिल्लो समय, लोक फलेवरका गीतहरु बजारमा चर्चा कमाईरहेको छ । यसै सन्दर्वमा मोहन थापाको शब्द अनि आर सि रिमालकोे संगीत रहेको गीत चौबन्दी सार्वजनिक भएको छ । यसमा आवाज रहेकोे छ लोकप्रिय गायिका अन्जु पन्त र संगीतकार आर सि रिमालको । रोहित थापा र टिकटक स्टार विना राउतको अभिनय रहेको यस भिडियो को निर्देशन भने मौसम हिमालीले गरेका हुन । काठमाण्डौँको सि.टि.सि मल स्थित सिनेडि सेफमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको प्रमुख अत्थ्यिमा भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा यस गीत निर्माणमा संलग्न कलाकार प्राविधिक, तथा अन्य विशेष व्यत्तित्वहरुलाई मायाको चिनो प्रदान गरि सम्मान पनि गरिएको थियो । यस म्युजिक भिडियो चौबन्दी रोहित के. थापा युटुयुब च्यानलबाट रिलिज भएको छ ।

Interview With Artist