YouTube नेपालीको मनोरन्जनको नयाँ दुनीया, श्रीमान् श्रीमतीका घर झगडा, Divorce अनी लफडा, नेताका गफ र टुक्का अनी स्वस्तिमा देखी Sunny Leone को ठुम्का, भेलू बाजेको कमेडी प्रहसन, अनी अघोरी बाबाको प्रवचन सबै पचाएकै छौँ हामीले । जसरी गास, बास, कपास र सहबास मानिसको आधारभूत आवस्यकतामा पर्दछ, अब यसमा YouTube लाइ पनि जोडी दिँदा खासै अनौठो नहोला। किनकि आजको आधुनिक समयमा सूचना, मनोरंजन र शिक्षाको लागि इन्टरनेट नभई नहुने चिज हो र पहिलो नम्बरमा YouTube नै पर्छ।
नेपाल बाटै YouTube Channel Monetize हुने भए पछि विभिन्न विधामा नयाँ च्यानलहरु खुलेका छन र राम्रो आम्दानी पनि गरिरहेका छन्। तपाई हामी, Tiktok मा पैसा कसरी आउँछ भनेर बसी रहँदा, अन्सु बर्माले करोडको घर बनाए । जतिबेला पनि YouTube पत्रकार को वरिपरि घुमी हिड्ने पुण्य गौतम Tiktok बाट डलर झर्छ भन्ने सुने पछि, साधु सन्त मुक्तिको लागि गुफा पसे झैँ, उनि पनि डलरको लागि घर पसे र २४ सै घण्टा Tiktok Live गरेर कमाएको पैसा ले घरमा तल्ला थपे। Tiktok/YouTube बाट राम्रो आम्दानी गर्न सकिने भए पछि कलाकार/गायक तथा सर्जकहरुले पनि भिडियो निर्माणमा लाखौँ रुपैया लगानी गर्न थालेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा हिट र फ्लप मापन गर्ने माध्यम नै YouTube बनिरहँदा, सर्जकको लगानी उठ्ने सम्भावना भने एकदमै न्युन हुने गर्दछ। तर केहि गीतहरु यस्ता छन्, जसले लगानी भन्दा १० औं गुणा बढी नाफा पनि कमाएका छन । यसै सिलसिलामा आज हामी कुरा गर्नेछु Top 10 नेपाली गीतरुको YouTube views र आम्दानीका बारेमा।
नम्बर १०. गोजिमा दाम छैन
निर्देशक दिपेन्द्र के खनालल निर्देशीत चङ्गा चैट मुभिको गोजीमा दाम छैन बोलको गीत सात करोड ९५ लाख भन्दा धेरै पटक हेरीएको छ | Aug. 20, 2018 मा OSR Digital को YouTube च्यानलमा अपलोड गरीएको उक्त गीतमा २ लाख २१ हजार भन्दा बढी Likes अनि सात हजार दुई सय भन्दा बढी Comments आएको छ । राजन राज शिवाकोटी र मेलिना राइले गाएको उक्त गीतले गोजीमा दाम छैन भनेर तपाइँ हामिलाइ ढाँटी ढाँटि सात लाख भन्दा धेरै पैसा OSR Digital को खातामा हालिदिन सफल भएको छ ।
नम्बर ९. नाच फिरिरि
G 21 Digital नामक YouTube channel मा upload भएको महेश काफ्ले र मेलिना राइले गाएको नाच फिरिरि बोलको गीत आठ करोड ३ लाख भन्दा धेरै पटक हेरीएको छ । निश्चल बस्नेत र स्वस्तीमा खड्काको अभिनय रहेको उक्त गीतको भिडियोमा ३ लाख ९० हजार भन्दा बढी Likes र १० हजार भन्दा बढि Comments हरु आएका छन । चार मिनेट ५० सेकेन्डको उक्त भिडियोले हालसम्म आठ लाख रुपैयाँ YouTube बाट कमाइ सकेको आकलन गर्न सकिन्छ ।
नम्बर ८. सालको पातको टपरी
कुलेन्द्र वि.क र बिष्णु माझीले गाएको सालको पातको टपरी गीतबाट वसन्त थापाले कम्तिमा पनि आठ लाख रुपैयाँ गोजिमा हालेका छन। १४ मिनेट २४ सेकेन्डको उक्त भिडीयोलाई हाल सम्म आठ करोड २९ लाख भन्दा धेरै पटक हेरीएको छ । शिब विकको निर्देशनमा मरिस्का पोखरेल, वसन्त थापा र कुलेन्द्र विक को अभिनय रहेको उक्त भिडियोमा ३ लाख ६९ हजार भन्दा बढी likes र १४ हजार भन्दा बढि कमेन्ट आएका छन् ।
नम्बर ७. कसरी कसरी २
टंक बुढाथोकीको आफ्नै YouTube च्यानलमा २ अगस्ट २०१९ मा अपलोड भएको कसरी कसरी २ बोलको गीत हालसम्म ८ करोड ५३ लाख भन्दा धेरै पटक हेरीएको छ। ४ मिनेट ५० सेकेन्डको उक्त गीतमा चार लाख ३५ हजार भन्दा धेरै Likes र १० हजार भन्दा धेरैले Comment गरेका छन् । मेलिना राइ र टंक बुढाथोकी को स्वोर रहेको उक्त गीतले आठ लाख ५० हजार हाराहारीको कमाइ गर्दै टंक बुढाथोकीलाई पनि लखपती बनाइदिएको छ ।
नम्बर ६. म्याउ म्याउ बिरालो
म्याउ म्याउ बिरालो बोलको Animated नेपाली बाल गीत Highest Views र कमाइको आधारमा नम्बर ६ मा पर्न सफल भएको छ। Nani & Babu नामक YouTube Channel बाट Upload गरिएको उक्त भिडियो ८ करोड ७५ लाख भन्दा धेरै पटक हेरिएको छ । ३ लाख भन्दा धेरै Likes पाएको उक्त भिडियोको Length र Views लाई मध्यनजर गर्दा ८ लाख भन्दा धेरै पैसा कमाएको अनुमान गर्न सकिन्छ ।
नम्बर ५. फूल बुट्टे सारी
केन्द्र मोसन पिक्चर्सको YouTube च्यानलमा अपलोड गरिएको गीत फूल बुट्टे सारी सर्वाधीक हेरीएका नेपाली गीत मध्ये पाँचौ नम्बरमा पर्छ । पल शाह र मल्लिका महतको अभिनय रहेको उक्त गीतले हालसम्म आठ करोड ८५ लाख Views, ६ लाख ३७ हजार likes र २४ हजार भन्दा बढी comments पाएको छ। ८ लाख ५० हजार भन्दा बढी कमाई गर्न सफल उक्त गीतमा राजनराज शिवाकोटि र मिलन नेवारले आवाज दिएका छन ।
नम्बर ४. पिरिम नलाउने
आशिष सचिन र मेलिना राइले गाएको पिरिम नलाउने बोलको गीतबाट OSR Digital ले ९ लाख ५० हजार भन्दा बढी आम्दानी गरेको छ। दिपक शर्माको शब्द/संगीत, आशिष सचिन र वर्षा राउतको अभिनय गरेको उक्त गीतलाई हालसम्म ९ करोड ७७ लाख भन्दा धेरै पटक हेरीएको छ । 9 Oct. 2018 मा अपलोड गरीएको उक्त Video मा ३ लाख ९० हजार भन्दा बढिले Likes र ८ हजार ४ सय भन्दा धेरैले Comments गरेका छन ।
नम्बर ३. साली मनपर्यो
चलचित्र घामण शेरेको साली मनपर्यो बोलको गीतले भिनाजुहरु बाट हालसम्म ९ करोड ९० लाख भन्दा धेरै भ्यूज पाउन सफल भएको छ । कालिप्रसाद बास्कोटा र अस्मिता अधिकारीले गाएको उक्त गीत बिहेमा जाने जन्तिहरुको Favorite गीत मध्ये एक हो । Party Palace मा साली भेना नचाएरै OSR Digital ले उक्त गीतवाट १० लाख हाराहारी आम्दानी गरिसकेको छ । कालिप्रसाद बास्कोटाको शब्द र संगीत रहेको उक्त गीतको भिडीयोमा हाल सम्म ४ लाख ६८ हजार भन्दा वढी Likes र ७ हजार ३ सय भन्दा बढी कमेन्ट आएको छ ।
नम्बर २. माया लुकी लुकी
आनन्द अधिकारीको शब्द ,आशिष अविरलको संगीत संयोजन र टिका प्रसाइको स्वर रहेको माया लुकी लुकी बोलको गीत YouTube मा सर्वाधीक हेरीएको नेपाली गीतमध्ये दोस्रो स्थानमा पर्छ । ७ जुन २०१८ मा अपलोड गरिएको उक्त गीतलाई दर्शकहरुले हालसम्म १३ करोड ६ लाख भन्दा धेरै पटक हेरेका छन् । ६ लाख २६ हजार भन्दा धेरै Likes र १४ हजार भन्दा धेरै comments आएको उक्त गीत, टीका प्रसाइ को अफिसीयल YouTube च्यानलमा अपलोड भएको छ । गीतको views लाइ आधार मान्दा टिकाले यो गीतवाट १३ लाख हाराहारीमा आम्दानी गर्नुपर्ने हो तर बिसौँ लाख views भइसक्दा पनी उनको च्यानलन monetize भइ नसकेको अपुष्ट खवर भने बजारमा सुनिएको थियो ।
नम्बर १. कुटुमा कुटु सुपारी दाना
चलचित्र २ रुपैयाको कुटुमा कुटु सुपारी दाना बोलको गीतले ऐतिहासीक रुपमा हालसम्म १७ करोड ९० लाख भन्दा बढी भ्यूज बटुल्दै YouTube या सर्वाधीक हेरीएको नम्बर १ गीतको ताज पहिरीन सफल भएको छ । राजनराज शिवाकोटि र मेलीना राइको स्वरमा रहेको उक्त गीत May 28 , 2017 मा Highlights Nepal को YouTube च्यानलवाट अपलोड गरीएको थियो । निश्चल बस्नेत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीत वाट Highlights Nepal ले १७ लाख हाराहारी आम्दानी गरीसकेको छ। अझैपनी दैनीक दशौँ हजार भन्दा बढी views पाइरहेको उक्त गीतमा ६ लाख ५३ हजार भन्दा बढी Likes र ३८ हजार भन्दा वढी Comments आइसकेको छ ।
हामीले बुझ्नुपर्ने कुरा के छ भने YouTube मा 1000 views को 1USD आउँछ भन्ने आम बुझाइ छ। तर त्यो Video को Length अनि कुन देश बाट हेरिदैँ छ र कस्तो किसिमको Ad उक्त Video मा आयो भन्ने कुरामा त्यसको आम्दानी निर्भर गर्छ। हामिले भने 1000 को नभइ 10000 views को 1 $ को हिसाबले यो लेख तयार पारेका हौँ । त्यसैले यो आम्दानी अझै धेरै वा केही थोरै हुन सक्ने संभावनालाई हामी स्विकार गर्दछौ । यसरी हेर्दा यी दस वटा गीतहरुले मात्रै YouTube बाट एक करोड रुपैयाँ भन्दा बढी कमाइ गरेका छन । निष्कर्षमा के बुझौ भने YouTube मनोरन्जनको माध्यम मात्र नभइ content creator हरुका लागि राम्रो आम्दनिको श्रोत पनि हो ।

















