Home चलचित्र बेलायतमा नेपाली कथानक चलचित्र कप्टिको बिशेष प्रदर्शनी

बेलायतमा नेपाली कथानक चलचित्र कप्टिको बिशेष प्रदर्शनी

458
0

निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म “कप्टी ” को पहिलो स्पेसल शो बेलायतमा हुने भएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै अगामी 19 JUNE 2022 , SAMUEL CODY SPORTS COLLEGE BALLANTYNE ROAD FARNBOROUGH GU14 8SN मा प्रदर्शन हुने घोषणा गरेको हो । चलचित्रमा चर्चित कलाकारहरु शेर बहादुर गुरुङ उर्मिला गुरुङ ,उमेश गुरुङ, स्मृति बलामी, गिरि प्रसाद पुन (लाहुरे दाई) केशब राई, सोनी गुरुङ लगायत स्थानिया कलाकारहरुको बेजोड अभिनय रहेको छ। सोलुखुम्बुको जुबु, मैदेल गाउँ, गोकियो रि, कालिन्चोक, लम्जुङ्गको डाँडाथोक गाउँ र इलाममा छायांकन गरिएको आफ्नै मौलिकपन बोकेको नेपाली कथानक चलचित्र “कप्टी “मा मदन काश्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन, समिर मियाको कलर र भी एफ एक्स, आश्रम गुरुङको शब्द संगीत गायक/गायिका आर के नेपाली, धर्मेन्द्र सेवन, मेलिना राईको स्वर रहेका छन् । साथै फिल्मका निर्माताहरु मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र अमेरिका निवासी मनिता गुरुङ र सह निर्माता नातीकाजी गुरुङ रहेको छ ।

भ्याली फिल्म एकेडमी प्रा लि को ब्यानरमा बनेको नेपाली फिल्म कप्टीको स्पेसल शो निर्देशकको गाउँले परिवार डाँडाथोक युरी परिवारले आयोजना गरेको हो भने तमु छोज धीं युके का महासचिब इलम पोखरी समाजका अध्यक्ष परशु गुरुङ तमु छोज धीं युकेका सल्लाहकार लम्जुंग समाज युकेका कोषाध्यक्ष पूर्ण राज गुरुङ र युकेमा धेरै कार्यक्रमहरुमा कलाकारका संयोजन गर्नु हुने कलाकार तथा समाजसेवी कुमार गुरुङ ज्युको सहयोग र सम्योजक्तोमा प्रदर्शन हुन लागेको हो। गाउँले परिवेश रिति थिति गाउँ ठाउं कै रहन सहन संस्कृति उजागार, पुरानो खेल ठेलो, प्रौढ शिक्षा कुरा गरिएको चलचित्रमा संसार कप्टीहरुको हातमा जान्छ तर छाल कपट धेरै बेर टिक्दैन भन्ने संदेश सहित यस चलचित्रमा कप्टीको हो भन्ने चाही चलचित्र हेर्नु पर्ने निर्माता मोहन कुमार खत्रीले बताए। चलचित्र प्रदर्शनको लागि युके पछी युरोप, जापान, अस्ट्रेलिया, कतार, क्यानाडा, अमेरिकामा कुरा आगाडी बढेको र चाडै प्रदर्शनको मिति घोषण हुने निर्माता मोहन कुमार खत्रीले बताए। मौलिक चलचित्रहरुलाई साथ् सहयोग र प्रोहोत्सानको निमित्त चलचित्र कप्टी हेर्न आइदिनु हुन युकेबासी सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनिहरुलाई निर्देशक गुरुङले अनुरोध गरेको छ। यु केमा अन्य ठाउंहरुमा शो ,टिकेट लगायत थप जानकारीको लागी श्री परशु गुरुङ 07474113336 श्री पूर्ण राज गुरुङ 07830532669 श्री कुमार गुरुङ 07533155763 मा सम्पर्क गर्न सक्नुहुने छ। देश विदेशको स्पेसल र च्यारटी शो गरे पछी मात्र नेपालको हालमा प्रदर्शन मिति घोषणा हुने पनि निर्देशक गुरुङले बताए। अन्त्यमा युके शो भब्य सफलताको निमित्त सम्पूर्ण पत्रकार मित्रहरु ,समाजसेबी लगायत यु के बासी नेपाली दाजु भाई दिदि बहिनीहरु सम्पूर्ण यु केमा रहेको संघ संस्थाहरु लगायत सबै सबैलाई चुलो निमन्त्रणा गरिएको आयोजक डाँडाथोक युरी परिवार ले जानकारी गरएका छन् ।

अग्रिम टिकट बुकिङ्ग को लागि सम्पर्क
पूर्ण राज गुरुङ 07830532669
श्री कुमार गुरुङ 07533155763