Home चलचित्र एकै बर्ष प्रितम गुरुङ्ग निर्देशित २ चलचित्र युकेमा प्रदर्शन

एकै बर्ष प्रितम गुरुङ्ग निर्देशित २ चलचित्र युकेमा प्रदर्शन

935
0

गुरुङ्ग समुदायमा बोलीचालीको भाषामा अत्यन्त प्रयोग हुने शब्द हो “नमस्ते छ्याजलो”। साथी भै भेट हुँदा होस् वा औपचारिक कार्यक्रममा सम्बोदन गर्दा नै किन नहोस शिस्टचारको लागि प्रयोग हुने शब्द भनेको “नमस्ते छ्याजलो” नै हो । गुरुङ्ग चलचित्रमा आफ्नो छुटै पहिचान बनाउन सफल बहुप्रतिभाशाली व्यक्ति लेखक, निर्देशक, नायक तथा निर्माता प्रितम गुरुङ्गको पछिल्लो फिल्म पनि “नमस्ते छ्याजलो” नै हो। कलाकारको जिबनमा हुने संघर्षको कथा भन्ने यस चलचित्रमा लोकप्रिय गायक/संगीतकार गणेश गुरुङ्ग, नायक आइतराम गुरुङ्ग, नब नायिका मरिना गुरुङ्ग र नृत्य निर्देशक सन्तोषी गुरुङ्गको मुख्य अभिनय रहेको छ।

समाजका हरेक क्षेत्रमा राम्रा लाई भन्दा हाम्रा लाई बढी प्राथमिकता दिने परिपाटी रही आएको छ । यहि प्रवृति कलाकारिता क्षेत्रमा पनि रहेको हामी सबैलाई अवगत भएकै कुरा हो। अधिकंश कलाकारको सफलता निर्धारण उसको प्रतिभा भन्दा, पहुँच ले गर्दछ। तपाई संग गाला भए पनि, विभिन्न मेल महोत्सबका आयोजक संग राम्रो चिनजान छैन भने, तपाइले कार्यक्रम पाउने सम्भावना न्युन भएर जान्छ। सपना बोकेर यस क्षेत्रमा आफ्नो जीवन अर्पित गर्ने कतिपय कलाकारहरु भाबी तब्या पर्दा, औसधी उपचार गर्ने खर्च जुटाउन गाह्रो हुने तितो यथार्थ हामीले देखिरहेकै छौँ। यहि बिषय बस्तुलाई मुख्य कथा बनाएर निर्माण भएको चलचित्र हो “नमस्ते छ्याजलो” । जुन ४ मा युकेको अल्डरसर्ट यम्पर हलमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएका छन्।

Movie Namaste Chayajalo Song