Home गीत/संगीत रिसिङ्ग, अर्चले झिरूबास गाउँ चिनारी गीत रिलिज (भिडियो)

रिसिङ्ग, अर्चले झिरूबास गाउँ चिनारी गीत रिलिज (भिडियो)

1637
0

बिशेष गरि मध्य पहाडी भेगका गुरुङ्ग गाउँहरुमा पर्यटन प्रबर्दन तथा संस्कृति संरक्षणका लागि सामाजिक स्तरबाट बिभिन प्रयासहरु गरिएको पाइन्छ। समय अनुकुल हुने संस्कृतिक मेला महोत्सबले यस क्षेत्रमा सदियौं देखि मनाउदै आएका मौलिक संस्कृतिहरु जस्तै घाँटु, चुड्का अजै पनि जिवितै रहेको पाइन्छ। प्राकृतिक सौन्दर्य तथा संस्कृतिक बिबिधता रहेको यस ठाउँमा अन्तरिक तथा बाहय पर्यटक आकर्षण गर्न पुर्बधार बिकाश सँग सँगै प्रचारप्रसारमा पनि उत्तिकै ध्यान दिन जरुरि हुन्छ । अहिलेको आधुनिक समयमा प्रचार प्रसारको मुख्य हतियार भनेकै श्रव्य दृश्य सामग्री हो। गाउँ वरपरका पर्यटकीय तथा धार्मिक स्थलतथा मौलिक संस्कृतिहरु समावेश भएका शब्द अनि सुन्न र सुने नाचौँ नाचौँ बनाउने लय/संगीतमा बनेका सयौं गाउँ चिनारी गीतहरु निर्माण भैसकेका छन्। उदाहरणका लागि “क्या राम्रो श्याउ बारी” बोलको गीतले मार्फा गाउँ संगै सिङ्गो मुस्ताङ्ग जिल्लालाई नै बिस्व सामु चिनाएको थियो ।

यसै गीतका रचनाकार बसन्ती लालचनको शब्दमा रिसिङ्ग, अर्चले झिरूबास गाउँ चिनारी गीत निर्माण भएको छ। कौडा छुटका सर्जक रेशम गुरुङ्गको शब्द संयोजन, दुर्गा गुरुङ्गको संगीत/एरेन्ज र रिमा गुरुङ्गको आवाजमा रहेको यस गीतलाई दुर्गा गुरुङ कौडा किङ्ग अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो । भेष गुरुङ्गको छायाँकन, विष्णुहरि तिमल्सिनाको सम्पादन/रङ्ग संयोजन र पर्सन गुरुङ्गले निर्देशन गर्नु भएको यस गीतमा रिसिङ्ग, अर्चले झिरूबास क्षेत्रका मनोरम दृश्यहरु संगै सुन्दर नानीहरुको मौलिक नृत्य देख्न सक्नु हुनेछ।