पछिल्लो समय चलचित्र दुई नुम्बरी को सफलता पछि निर्देशक दिपेन्द्र लामाको व्यस्तता पनि बढ्न थालेको छ। सामाजिक बिषय बस्तुमा आधारित रहेर कथा बुन्न माहिर निर्देशक लामाको पाचौँ चलचित्र “नाङ्गो गाउँ” निर्माण हुने पक्का भएको छ। यस चलचित्रमा मान्छेको लाचारीपन, निर्लज्जता र ढोंगप्रति व्यंग्य गरिनेछ । दर्शकले हास्य, प्रेम र कारुणिकताको आनन्द लिन पाउने लामाले आफ्नो फेसबुक मार्फत बताएका छन् । यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र मिरुना मगर फाइनल भैसकेका छन् । अरु कलाकारको छनोट हुन बाँकी नै छ । आगामी चैत देखि छायांकन सुरु हुने ‘नांगो गाउँ’का प्रस्तुतकर्ता हिमाल शर्मा, निर्माता जय श्रेष्ठ र वितरक आरआर फिल्म्स् रहने छन् । मनिष्मा फिल्म्स् प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रमा लेखन तथा निर्देशन लामाको रहने छ। चलचित्र नाङ्गो गाउँ कस्तो बन्ने छ त्यो समयले नै बताउला, दिपेन्द्र लामाको निर्देशकीय पक्ष तपाइलाई कस्तो लाग्छ ?



















