Home चलचित्र गुरुङ चलचित्र जिउनी हप्ता दिन सम्म निरन्तर प्रदर्शन

गुरुङ चलचित्र जिउनी हप्ता दिन सम्म निरन्तर प्रदर्शन

919
0

गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र जिउनी ले दर्शकहरुको राम्रो साथ् पाएको छ। चलचित्र हेरेका अधिकंश दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्। टेक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, गोडुल धोज गुरुङ लगायतको अभिनय रहेको यस फिल्ममा जनक गुरुङको निर्देशन, शम्भु चालिसेको छायाँकन, मेख थापा मगरको सम्पादन रहेको छ। जलकन्या फिल्म्सको ब्यानरमा बनेको पहिलो चलचित्र जिउनीको निर्माण रसमाया गुरुङ र गोठ बहादुर गुरुङले संयुक्त रुपमा गरेका हुन्। आफ्नो पुर्खाको जिउनी जग्गामा स्वास्थ्य चौकी निर्माण गरि गाउँले लाई स्वास्थ्य सेवा दिने एउटी डक्टरको कथा हो जिउनी। सामाजिक बिषय बस्तु समेटिएको यस फिल्मको कथा लेखन टेक गुरुङले गर्नु भएको हो।

गुरुङ चलचित्र यति लामो समय निरन्तर हाउसफुल दर्शक सँगै सिनेमा हलमा प्रदर्शन यो पहिलो पटक नै होला। स्तरिय प्राबिधिक, समय अनुसारको समाज बोल्ने कथा र जीवन्त अभिनयले गर्दा होला फिल्म हेरी सके पछि हल बाट बाहिरिदै गर्दा अधिकंश दर्शकहरुले फिल्म उत्कृस्ट बनेको र उनीहरुले भरपुर मनोरंजन लिएको बताएका छन् । बन्दीपुरे समुहको सहकार्यमा प्रत्यक्ष कौडा चुड्का प्रदर्शनी दर्शकहरुलाई थप मनोरंजन दिएको थियो। चलचित्र निर्माण र प्रदर्शन सम्म आइपुग्दा विभिन्न तहमा सहयोग गर्नु हुने सम्पूर्णलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो।