लामो समय फिल्मको शिर्षकमा विवाद रहेको सुनिल कुमार थापाको चलचित्र एक भगवत गीताको नयाँ नामांकरण सँगै टिजर रिलिज भएको छ। १ मिनेट ३२ सेकेन्डको टिजरमा सबै भन्दा आकर्षित र उत्सुक बनाउने दृश्य भनेको बिपिन कार्कीको बिल्कुलै नयाँ लुक्स हो। तेस्रो लिंगी चरित्रमा देखिएको विपिनको हिंसात्मक र आक्रोशित भावहरु तिजरमा देख्न सक्नु हुनेछ। विपिन सँगै फिल्ममा सुहाना थापा, धिरज मगर, जविस र जविन श्रेष्ठ, कबीर खड्का लगायतको अभिनय रहेको छ। पटकथा लेखनको काम झरना थापा, सरिन पोखरेल, परिछेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णले संयुक्त गरेका हुन्। भाद्र २९ मा प्रदर्शन मिति तय गरिएको फिल्म “एक भगवत गीता” ले दर्शक माज कौतुहलता सिर्जना गरेको छ। तपाइलाई कस्तो लाग्यो टिजर प्रतिक्रिया दिनुहोला है त।


















