Home चलचित्र “मायालाई चिनो” मा धिरज र सुहानाको केमेस्ट्री कस्तो लाग्यो ?

“मायालाई चिनो” मा धिरज र सुहानाको केमेस्ट्री कस्तो लाग्यो ?

580
0

पछिल्लो समय नेपाली फिल्म बजारमा मंगोलियन समुदायका कथा र कलाकारहरुको माग बढ्दो छ। दयाहाङ्ग राई र मिरुना मगरको जोडी जारी फिल्म पछि थुप्रै नयाँ फिल्महरुमा आउने निश्चित भैसकेको छ। मङ्गोलियन समुदायकै प्रतिनिधत्व गर्ने कलाकार धिरज मगरको पछिल्लो फिल्म “एक भगवत गीता” को रोमान्टिक गीत “मायालाई चिनो” सार्वजनिक भएको छ । शङ्कर अधिकारी “घायल” को शब्द अनि बाबुल गिरिको स्वर र सङीतमा रहेको उक्त गीतको भिडियो रिलिज भए लगत्तै सुहाना र धिरजको जोडीलाई दर्शकहरुले मन पराएको प्रतिक्रियाहरु YouTube को कमेन्ट बक्समा देख्न सकिन्छ। झरना थापा निर्देशीत फिल्म “एक भगवत गीता” मा बिपिन कार्की लाई पनि बिल्कुलै नयाँ अवतारमा प्रस्तुत गरिएको छ। भाद्र २९ गते प्रदर्शन मिति तय गरिएको यस फिल्मको टिजर र गीतले तपाइलाई फिल्म हेर्न कतिको उत्साहित बनाएको छ प्रतिक्रिया दिनुस है त।

मायालाई चिनो

टिजर