युवा बैदेशिक रोजगारीमा गएपछि गाउँहरु सबै खाली हुँदै गएको छ। मृत शरीरलाई अन्त्यस्थीको लागि घाँट सम्म लैजान प्रया गाउँहरुमा बोक्ने युवाहरुको अभाव रहेको छ। युबाहरु गाउँमा देखिने भनेको चुनाव तथा चाडबाडमा मात्रै हो, अरु बेला बृद्ध बुबा आमा नै हुन् गाउँ कुरेर बस्ने। देशको राजनीतिक र आर्थिक व्यस्थामा आएको परिबर्तनले गर्दा अहिलेको सामाजिक अवस्था सिर्जना भएको सजिलै अनुमान लगाउन सकिन्छ। यहि परिवेशमा निर्माण भएको फिल्म “नाङ्गो गाउँ” को टिजर सार्बजनिक भएको छ।
खस्किंदै गएको नेपाली फिल्म बजारलाई दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म नाङ्गो गाउँ ले केहि राहात दिन्छन कि भन्ने आशा गर्न सकिन्छ। अभिनयमा दखल अनि ब्रान्ड भ्यालु राम्रो भएको दयाहाङ्ग राई, मिरुनु मगर, कर्मा, साम्रगी शाह, शिशिर बांग्देल, बुद्धि तामांग, रबिन्द्र झा आदिको अभिनय यस फिल्म हेर्न पाउनु हुनेछ। सामाजिक कथामा बनेको यस फिल्मले दर्शकलाई कतिको उत्साहित गराउँछ त्यो भने फिल्मको ट्रेलर आए पछि अझ प्रस्ट होला, टिजर कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला है त।

















