एकल महिलाको कथामा निर्माण भएको फिल्म बगान को प्रिमियर सम्पन्न भएको छ। नेपाली फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरुको उपस्थितिमा वान सिनेमाजमा प्रिमियर गरिएको बगान लाई उपस्थित सम्पूर्णले सकारत्मक प्रतिक्रिया दिएका छन्। बगान चलचित्र एउटा क्रान्ति हो भन्दै तारिफ गर्दै थिए निर्देशक दीपा श्री निरौला। फिल्म बगान बाट डेब्यु गरेका नब नायिका प्रमिला कार्कीको अभिनयले पनि सर्बत्र तारिफ पाएका छन । निर्देशक सोभित बस्नेत लाई भने फिल्मको फर्स्ट हाफ भन्दा सेकन्ड हाफ राम्रो रहेको अभिव्यक्ति दिँदै करिश्मा मानन्धरले पहिलो पटक चलचित्रमा जीवन्त अभिनय गरेको बताउनु भयो।
फिल्म बगान अषाढ २९ गते बाट देशभरीका फिल्म हलहरुमा प्रदर्शन हुँदैछ। एकल महिलाको परिचय पत्र भएका सम्पूर्ण लाई फिल्म निशुल्क हेर्न पाउने प्राबधान पनि गरिएको निर्माण पक्षले जानकारी दिएका छन्। स्वोपनिल निरवको कथा सरोज खनालको पटकथा/निर्देशन रहेको यस चलचित्रमा करिश्मा मानन्धर, निर शाह, बसुन्धरा भुसाल, सरोज खनाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ आदिको अभिनय हेर्न पाउनु हुनेछ।


















