Home चलचित्र कस्ता व्यक्तिहरुले निशुल्क हेर्न पाउने छन् फिल्म “बगान” ? (भिडियो)

कस्ता व्यक्तिहरुले निशुल्क हेर्न पाउने छन् फिल्म “बगान” ? (भिडियो)

554
0

नेपाल अधिराज्य भरिका फिल्म हलहरुमा एकल महिलालाई निशुल्क फिल्म देखाउने घोषणा गर्दै नेपाली फिल्म बगानको ट्रेलर सार्बजनिक गरिएको छ। One Cinema’s मा पत्रकार सम्मेलन गर्दै  समाजमा उल्लेखनीय योगदान पुर्याउनु भएका आमाहरु; माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, उपा सभामुख इन्दिरा राना मगर, सासंद मिना श्रेष्ठ, नायिका करिश्मा मान्धर कि आमा कोमल केसी, र नायिका पूजा शर्माकी आमा दुर्गा सापकोटा लगायतलाई निर्माण पक्षले सम्मान गरेको थियो।

Anuradha Koirala, Inidira Rana Magar, Mina Shrestha, Karishma Manandhar, Puza Sharma

उक्त कार्यक्रममा सांसद मिना श्रेष्ठले आफु पनि एकल महिला रहेको कुरा पहिलो पटक खुलासा गर्दै चलचित्रमा उठाउन खोजिएको बिषय बस्तु आफ्नै जिबन संग पनि मेल खाएको जानकारी दिनुभयो। फिल्म बगानमा कलाकारहरु करिश्मा मानन्धर, मिथिला शर्मा, निर शाह, बसुन्धरा भुसाल, सरोज खनालको मुख्य अभिनय रहेको छ भने टेलेभिजन प्रस्तोता प्रमिला कार्कीले नायिकाको रुपमा डेब्यु गर्दै छिन्।

Actor/Director Saroj Khanal

स्वपनिल नीरवको कथा रहेको यस फिल्ममा पटकथा लेखन र निर्देशनको काम सरोज खनालले गर्नु भएको छ र फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन्। ट्रेलरमा श्रीमानको अकाल मृत्यु पश्चात आफ्नो सन्तान हुर्काउन एकल महिलाले गरेको संघर्ष देखाइएको छ। आमाको भूमिकामा करिश्मा मानन्धरको अभिनय सशक्त लाग्दछ। “खोट लागेको बलीलाई देवी देउताले त ग्रहण गर्दैन भने.. तिमि त” अग्रज कलाकार निर शाहले बोल्नु भएको यस डाइलगमा फिल्म को सम्पूर्ण रहस्य लुकेको हामीले अनुमान लगाउन सकिन्छ।

VJ Pramila Karki

फिल्मको ट्रेलरले नेपाली दर्शकलाई केहि नयाँ स्वाद चखाउने बलियो आधारहरु बनाएको छ, फिल्मले कस्तो व्यापार गर्छ त्यो भने असाढ २९ पछि नै थाहा हुने छ। तपाइलाई भने चलचित्र बगान को ट्रेलर हेरेर फिल्म हेर्न जाउँ जाउँ बनायो कि बनाएन कृपया कमेन्ट गर्नु होला है त ।