Home चलचित्र “अन्तिम संस्कार” को VIP Show मा विजय लामा आक्रोसित (भिडियो)

“अन्तिम संस्कार” को VIP Show मा विजय लामा आक्रोसित (भिडियो)

618
0

नेपाली फिल्म बजारमा पछिल्लो समय प्रदर्शन भएको फिल्म “अन्तिम संस्कार” ले आशा गरे बमोजिम व्यापार गर्न सकेन भन्ने कुरा बक्स अफिस रिपोर्टले देखाएको छ। फिल्म प्रदर्शन भएको मिति देखि आजसम्म लगभग ७ लाख ६५ हजार मात्र कूल कारोबार गरेको देखिएको छ । केहि दिन अघि मात्रै विवादित हिन्दि फिल्म आदिपुरुषलाई काठमाडौँ महानगरपालिका भित्रका सबै हलहरुमा प्रदर्शनमा रोक लगाउने मेयर बालेन शाहको निर्णयले नेपाल संगै भारतीय मिडियामा पनि चर्चा पाएको थियो। महानगरपालिकाको सो निर्णयले आदिपुरुषका नेपाल वितरक र हलवालाहरुले त पक्कै घाटा बेहोर्नु पर्यो तर यही समयमा प्रदर्शनमा आएको नेपाली फिल्म अन्तिम संस्कारले पनि एकल रिलिजको फाइदा उठाउन सकेन।

फरक स्वादको कथा बोकेको फिल्म भएपनि प्रचार प्रसारको कमिले गर्दा आम दर्शकहरु हल सम्म नआएको सत्यलाइ स्वीकार गर्दै निर्माण पक्षले भने Eyeplex Mall को One Cinemas मा “अन्तिम संस्कार” को भी.आइ.पी सोआयोजना गर्यो। नेपाली चलचित्र क्षेत्रका स्टार कलाकारहरु दयाहांग राई, मिरुना मगर, बुद्दी तामाङ्ग सँगै राजनीतिज्ञ रबिन्द्र मिश्र, टेलिभिजन प्रस्तोता/निर्देशक दिनेश डी सी, कमेडियन  सन्दिप क्षेत्री लगायतका व्यक्तिहरु उक्त कार्यक्रममा उपस्थित भएका थिए। ब्यापारमा असफल भएपनि भी.आइ.पी शोमा उपस्थित सबैको तारिफ बटुल्न भने सफल भएको छ “अन्तिम संस्कार” । Suspense Thriller Genre मा बनेको यो फिल्म तपाइले हेरी सक्नु भएको छ भने कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है त। हेर्नु भएको छैन भने, हल सम्म जाने जाँगर किन आएन त्यो पनि खुलाइदिनु भए उत्तम हुने थियो।